हङकङका नेपालीले नि:शुल्क कानुनी परामर्श पाउने भएका छन्।
यहाँस्थति याउचि मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङको कार्यालयले हङकङमा बसोबास गरिरहेका नेपालीलाई यस्तो सेवा दिन लागेको हो।
कार्यालयले हङकङको प्रथम नेपाली महिला वकिलबाट समुदायका व्यक्तिलाई नि:शुल्क परामर्श दिन लागिएको बताएको छ।
आगामी १४ र २८ मार्चमा दिन लागिएको उक्त परामर्शका लागि बुकिङ पहिले नै गर्नु पर्नेछ। विनाअपोइन्टमेन्ट भने सेवा लिन पाइने छैन।
यसले अदालतबाहिर सजिलो र शान्तिपूर्ण तरिकाले विवाद समाधान गर्न मद्दत पुग्ने आफूले विश्वास लिएको परिषद् सदस्य गुरुङले बताइन्।
‘निष्पक्ष मध्यस्थताले सबै पक्षलाई मिलेर समाधान निकाल्न मद्दत गर्छ,’ गुरुङको कथन छ।
दर्ता शुल्क पनि नि:शुल्क राखिएको उक्त सेवा १४ र २८ तारिख साँझ साढे ६ देखि साढे ७ बजेसम्म हुनेछ।
परामर्श सेवा जोर्डनस्थित हाङबोङ कमर्सियल सेन्टरमा हुनेछ।
Shares

प्रतिक्रिया