हङकङको चुनवानमा बसको ठक्करबाट २६ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान साढे ८ बजे चुनवानको क्वोक सुई रोडमा बसले महिलालाई ठक्कर दिएको हो।
‘केएमबी बसको ठक्करबाट घाइते महिलालाई यानचाइ अस्पताल लगिएकोमा अस्पतालले साढे ९ बजे मृत घोषित गरेको थियो,’ प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।
आफ्नो कम्पनीको बसले ठक्कर दिएर महिलाको मृत्यु भएपछि फ्रान्चाइज्ड बस फर्म केएमबीले पीडितको मृत्युप्रति समवेदना व्यक्त गर्दै घटनाबाट दुःखी भएको र अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने बताएको छ।
केएमबीका अनुसार रुट ३८ को बस क्वोक सुई रोडनजिकै आइपुग्दा ती महिलाले बसको बायाँ छेउको गैरपैदलयात्री क्षेत्रबाट सडक पार गर्दा दुर्घटना भएको हो। महिला गैरपैदलयात्री क्षेत्रबाट अघि बढेपछि चालकले गाडी दायाँ मोडेर बचाउन खेजेको भए पनि असफल भएका थिए।
मृतक महिला चुनमुनमा बस्ने र क्वोक सुई रोड नजिकैको कोल्ड स्टोर कम्पनीमा काम गर्ने बुझिएको स्थानीय मिडियाले जनाएका छन्।
Shares

प्रतिक्रिया