हङकङ : जातीय अल्पसंख्यकको पक्षमा काम गर्ने २४ वर्ष पुरानो संस्था विघटन

हङकङ : जातीय अल्पसंख्यकको  पक्षमा काम गर्ने २४ वर्ष पुरानो संस्था विघटन

संस्था विघटनबारेको बैठकपछि पत्रकार सम्मेलनमा बायाँबाट क्रमश: (डेस्क) उपाध्यक्ष पर्यानी पूजा कपाई, अध्यक्ष एलिस चोङ र कोषाध्यक्ष चेङपो वा (एससीएमपी)


नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १२:३५, हङकङ

२४ वर्षदेखि हङकङका जातीय अल्पसंख्यक समूहको अधिकारका पक्षमा वकालत गर्दै आएको गैरसरकारी संस्था हङकङ युनिसनले संस्था विघटनको निर्णय गरेको छ।

शुक्रबार संस्थाको बैठकमा विघटनबारे सदस्यहरूबीच छलफल गर्ने क्रममा अध्यक्ष एलिस चोङले संस्थाले आफ्नो लक्ष्य पूरा गरेको र कुनै पनि राजनीतिक वा आर्थिक कारणले खारेजीको निर्णय नलिइएको बताएकी छन्।

‘जब संस्था स्थापना भएको थियो, जातीय अल्पसंख्यकको आवाज सुनिएको थिएन, न त उनीहरूको कठिनाइ नै सम्बोधन भएका थिए,’ अध्यक्ष चोङले भनिन्, ‘अहिले उनीहरूलाई सेवा गर्ने धेरै संस्था छन् र सरकारले पनि उनीहरूलाई स्रोतहरू छुट्याएको छ।’

उनले थप भनेकी छन्, ‘हामीले हाम्रो उद्देश्य हासिल गरेका छौँ।’

हङकङमा सन् २०२१ मा जातीय अल्पसंख्यक समूहका लगभग ६ लाख २० हजार बासिन्दाको घर थियो, जुन जनसंख्याको ८.४ प्रतिशत हो।

यसमा धेरैजसो फिलिपिनी र इन्डोनेसियाली थिए। जसमध्ये धेरैले घरेलु कामदारको रूपमा काम गर्थे। यो संख्यामा भारतीय, नेपाली र पाकिस्तानी पनि छन्। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .