हङकङ नेपाली महासंघको वार्षिकोत्सवमा डा. सन्दुक रुइत आउने

हङकङ नेपाली महासंघको वार्षिकोत्सवमा डा. सन्दुक रुइत आउने

बज्रकुमार थुलुङ राई
फागुन १५, २०८१ बिहिबार १९:२०, हङकङ

हङकङ नेपाली महासंघको वार्षिकोत्सवमा सहभागी हुन ‘दृष्टिका भगवान्‌’ उपमा पाएका प्रा.डा. सन्दुक रुइत हङकङ आउने भएका छन्।

महासंघले आइतबार (२ मार्च) २७औँ वार्षिकोत्सव मनाउँदैछ। कार्यक्रममा नेपालबाट डा. रुइत धर्मपत्नी नन्दलक्ष्मीको साथमा उपस्थित हुने कार्यक्रम रहेको महासंघले जनाएको छ।

साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रम याउमा तेईस्थित हेनरी जि. ल्योङ कम्युनिटी हलमा हुनेछ।

महासंघका संरक्षक प्रदीप थापाका अनुसार यस दिन हङकङमा रहेर विभिन्न क्षेत्रमा असल काम गरेका व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।

साथै, महासंघका आबद्ध संघसंस्था एवं सहयोगी व्यक्तिहरूलाई कदर पत्र प्रदान गरिनेछ।

कार्यक्रममा डा. रुइतले गरेका कामहरूको भिडिओ प्रदर्शनी समेत गरिने संरक्षक थापाले जनाकारी दिए।

महासंघले यसअघिका वर्षमा पनि समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्दै आएको महासंघकी अध्यक्ष रीता गुरुङले बताइन्।

समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछन्। अध्यक्ष गुरुङका अनुसार कार्यक्रममा प्रवेश नि:शुल्क रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .