हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते

हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते

युनलङमा सात वटा गाडी ठोकिएका छन्


नेपालखबर
फागुन १५, २०८१ बिहिबार १२:३४, हङकङ

बिहीबार हङकङको युनलङ राजमार्गमा सात वटा कार ठोकिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बिहान साढे ७ बजेतिर सापपाट ह्युङको चोकनजिकैको युनलङ राजमार्गमा चार वटा निजी कार र तीन वटा ट्रक ठोकिएका हुन्।

दुर्घटनामा एउटा ट्रकका चालकको मृत्यु भएको हो। बेहोस अवस्थामा उद्धार गरी पोकओई अस्पताल पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको द स्ट्यान्डर्डले जनाएको छ।

घाइते हुने अन्य ६ जनामा तीन पुरुष, दुई महिला र एक बालक छन्। उनीहरूको उपचार भइरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .