दीप राई हङकङको ‘गुड सिटिजन अवार्ड’बाट सम्मानित

दीप राई हङकङको ‘गुड सिटिजन अवार्ड’बाट सम्मानित

बुबा, आमा र बहिनीसँग दीप राई


सन्तोष तामाङ
फागुन १४, २०८१ बुधबार १४:४०, हङकङ

हङकङमा दीप राई असल नागरिक सम्मान (गुड सिटिजन अवार्ड) २०२४ बाट सम्मानित भएका छन्। अपराधविरुद्धको लडाइँमा उत्कृष्ट योगदानको कदरस्वरुप राईलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

आइतबार वानचाइ प्रदर्शनी केन्द्रमा हङकङ प्रहरीद्वारा आयोजित एक कार्यक्रममा राईलाई प्रहरी प्रमुखले सम्मानपत्र प्रदान गरेका हुन्।

हङकङको याउमा तेईमा बस्ने राई प्युर फिटनेस नुड कम्पनीमा कार्यरत छन्। उनी यस कम्पनीका सुपरभाइजर हुन्। उनका पिता दिनेश राई पनि यसै कम्पनीमा आबद्ध छन्, उनी म्यानेजर हुन्।

हङकङमा दुई दशक बिताइसकेको यस परिवारको नेपालमा पुर्ख्यौली थलो धनकुटाको खोकु छिन्ताङ हो। पछिल्लो समय भने काठमाडौँको नखिपोटमा बसोबास छ।

गतवर्ष राई कार्यरत फिटनेस कम्पनीमा चोरी भएको थियो। चोरीको आरोप लागेकी चिनियाँ युवतीले अपराध अस्वीकार गरिन्।

सुपरभाइजर राईले प्रहरीलाई छानविनका लागि सहयोग गरे। सीसीटीभी फुटेज लगायतका प्रमाणबाट युवती नै चोरीमा संलग्न रहेको पुष्टि भयो।

समुदायमा घटेको क्रियाकलापमा अनुसन्धान गर्न प्रहरीलाई सहयोग पुर्‍याएको कदरस्वरुप उनलाई ‘गुड सिटिजन अवार्ड’ले सम्मान गरिएको हो।

सन् १९७३ बाट दिन सुरु गरिएको यस प्रकारको अवार्डमा २०२४ को अवार्ड पाउनेमध्ये अल्पसंख्यक समुदायबाट सम्भवत: राई एक मात्र हुन्।

अपराधविरुद्धको लडाइँमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्न असल नागरिक पुरस्कार (गुड सिटिजन अवार्ड - जीसीए) योजना सुरु गरिएको हङकङ प्रहरी बलको वेबसाइटमा उल्लेख छ।

यो योजनाको उद्देश्य जनतालाई प्रहरीसमक्ष अपराध रिपोर्ट गर्न, साक्षीको रूपमा काम गर्न तयार हुन र उपयुक्त हुँदा अरूलाई मद्दत गर्न तयार हुन प्रोत्साहित गर्नु हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .