हङकङका लगानीकर्ताहरूले सस्तोमै सम्पत्ति बेच्ने क्रमलाई जारी राखेका छन्।
पछिल्लो समय धनाढ्य घराना मिनीबस टाइकुन मा आह-मक परिवारले हङकङको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा रहेको ७३ तले गगनचुम्बी भवन, द सेन्टरको ४५औँ र २७औँ लगायतका तला बेच्दैछ जुन पहिले संसारकै महँगोमा गनिन्थे।
एकल एजेन्ट सेन्टलाइन कमर्सियलका अनुसार तल्लाहरूलाई व्यक्तिगत रूपमा बेच्नका लागि १३ साना एकाइमा विभाजन गरिएको छ। यी एकाइ १,८४२ वर्ग फुटदेखि ९,५६५ वर्ग फुटसम्मका छन्।
एकाइका मालिकले सुरुमा प्रतिवर्ग फुट हङकङ डलर २१ हजार ८ सयबाट सुरु हुने लक्षित मूल्यमा आठ इकाइ प्रस्ताव गर्नेछन्। जुन मक परिवारले सन् २०१८ मा तिरेको हङकङ डलर ३३ हजारमा ३४ प्रतिशत कम हो।

मक परिवार त्यो वर्षको मे महिनामा द सेन्टरलाई विश्वको सबैभन्दा महँगो गगनचुम्बी भवनको रूपमा दर्जा दिने कन्सोर्टियमको हिस्सा थियो, जब सहरका सबैभन्दा धनी व्यक्ति लिका शिङले चलाखीपूर्वक यसलाई सम्पत्ति बजारको शिखरमा बेचेका थिए।
दश लगानीकर्ताको समूहले लिको सीके एसेटबाट हङकङ डलर ४०.२ बिलियनमा ४८ तल्ला किनेको थियो।
लगानीकर्ताहरूले धमाधम सम्पत्ति बेच्नुमा उच्च ब्याजदर कारक रहेको विश्लेषकहरूले बताउँदै आएका छन्।
मकको परिवारसँग भवनको १० भन्दा बढी तला छन्। (एससीएमपी)
Shares

प्रतिक्रिया