ताइवानको एक डिपार्टमेन्ट स्टोरमा विस्फोट, मकाउका २ सहित कम्तीमा ६ जनाको मृत्यु

ताइवानको एक डिपार्टमेन्ट स्टोरमा विस्फोट, मकाउका २ सहित कम्तीमा ६ जनाको मृत्यु

विस्फोटमा मकाउको एक परिवार नै परेको थियो


नेपालखबर
फागुन १, २०८१ बिहिबार १४:१७, हङकङ

ताइवानको ताइचुङस्थित शिनकङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरमा ग्यास विस्फोट भएको छ।

बिहीबार बिहान भएको विस्फोटमा मकाउका दुई बासिन्दासहित कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ताइवानी मिडियाका अनुसार विस्फोटमा परी अन्य ६ जना घाइते भएका छन्। जसमा एक जना मकाउका छन्।

स्रोतलाई उद्धृत गर्दै हङकङको द स्ट्यान्डर्डले उल्लेख गरेअनुसार दुर्घटनामा सात जना सदस्य रहेको मकाउको एक परिवार परेको हो।

जसमा हजुरबा र हजुरआमाको निधन भएको छ भने दुई वर्षीया नातिनी गम्भीर घाइते भएकी छन्।

विस्फोट हुँदा उक्त परिवार भवनमुनि रहेको र तीन जना भग्नावेशषमा पुरिएका थिए।

मकाउ सरकारको पर्यटन कार्यालयले दुर्घटनामा मकाउका बासिन्दा परेको खबर प्राप्त भएको जनाएको छ।

घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै प्रभावितहरूलाई सहयोग गर्ने वाचा पनि सरकारले गरेको छ। आवश्यक सहयोग प्रदान गर्न परिवारसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .