हङकङको काइताक स्पोर्ट्स पार्कको उद्घाटन समारोहमा हङकङ र मुख्यभूमि चीनका कलाकारले प्रस्तुति दिने भएका छन्।
सहरको यो रंगशालाको आगामी १ मार्चमा उद्घाटन हुँदैछ। मुख्य सचिव एरिक चानले उद्घाटन समारोह ‘भव्य’ हुने मंगलबार बताएका छन्। एक हप्ताअघि संस्कृति, खेलकुद तथा पर्यटन सचिव रोसाना लले उद्घाटनको आधिकारिक मिति घोषणा गरेकी थिइन्।
हङकङको काइताक रंगशाला उद्घाटन मिति तोकियो, परीक्षण खेलमा ५० हजार दर्शक
त्यस्तै, सहरका नम्बर २ अधिकारी एरिक चानले भव्य समारोहमा पुस्ताभरिका खेलाडी र गायकहरूले प्रस्तुति दिने जानकारी गराए। चानले यस समारोह सहरको खेलकुद क्षेत्रमा प्रमुख उपलब्धि रहने समेत बताए।
‘काइताक स्पोर्ट्स पार्कको आधिकारिक उद्घाटन हङकङको लागि ऐतिहासिक क्षण हुनेछ,’ सहरको प्रमुख निर्णय गर्ने निकाय कार्यकारी परिषद्को साप्ताहिक बैठकअघि चानले भने, ‘त्यहाँ मुख्यभूमि र हङकङबाट खेलकुद तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू उपस्थित हुनेछन्।’ (एससीएमपी)
Shares

प्रतिक्रिया