हङकङमा बेहोसीमै अवतरण भएका प्याराग्लाइडरलाई हेलिकप्टरले पुर्‍यायो अस्पताल

हङकङमा बेहोसीमै अवतरण भएका प्याराग्लाइडरलाई हेलिकप्टरले पुर्‍यायो अस्पताल

माओन शान पहाडमा एक प्याराग्लाइडर बेहोसीमै अवतरण भएका थिए (ह्यान्डआउट)


नेपालखबर
माघ २९, २०८१ मंगलबार १२:५०, हङकङ

हङकङको माओन शानबाट एक प्याराग्लाइडरको उद्धार भएको छ। पहाडमा बेहोस अवस्थामा अवतरण गरेका उनलाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको हो।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १ बजेतिर एक पुरुष प्याराग्लाइडर माओन शानको गङपिङ लनमा अवतरण गरेको रिपोर्ट प्राप्त भएको थियो। उद्धारक्रममा बेहोस भेटिएका उनको पछि होस आएको थियो।

अग्नि सेवा विभागले भने दिउँसो साढे १२ बजे उद्धारका लागि फोन आएको बताएको छ।

सरकारी हेलिकप्टरद्वारा उद्धार गरिएका उनलाई चाइवानको पामेला युड नेदरसोल पूर्वी अस्पताल लगिएको थियो। प्याराग्लाइडरको पहिचान खुलाइएको छैन। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .