हङकङमा नक्कली बैंकिङ कागजात प्रयोग गरी ठूलो रकम झिक्न खोज्ने ५ विदेशी पक्राउ

हङकङमा नक्कली बैंकिङ कागजात प्रयोग गरी ठूलो रकम झिक्न खोज्ने ५ विदेशी पक्राउ

केन्द्रीय प्रहरी जिल्ला घटनाको अनुसन्धानमा जुटेको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
माघ २९, २०८१ मंगलबार ११:३४, हङकङ

हङकङ प्रहरीले नक्कली कागजातहरू प्रयोग गरेर सेन्ट्रलको बैंकबाट १० करोड अमेरिकी डलर झिक्ने प्रयास गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार सोमबार साँझ ५ बजे अधिकारीहरूले क्विन्स रोड सेन्ट्रलस्थित चाइना बिल्डिङमा रहेको बैंकका कर्मचारीबाट शंकास्पद गतिविधिको रिपोर्ट प्राप्त गरेका थिए।

बैंकका कर्मचारीले एक पुरुष र एक महिलाले शंकास्पद कागजातहरू प्रयोग गरी रकम झिक्ने प्रयास गरेको भनी प्रहरीमा खबर पुगेको थियो।

फिलिपिनी पासपोर्ट बोकेका ६८ वर्षीय पुरुष र ३८ वर्षीया महिला तीन वटा बैंकिङ कागजात र क्रेडिट पत्रसहित काउन्टरमा रकम निकासीको अनुरोध गर्दै पुगेका थिए।

उनीहरूको कागजातप्रति शंका लागेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका हुन्। तत्काल घटनास्थलमा पुगेका अधिकारीले प्रारम्भिक अनुसन्धानपश्चात् कागजातहरू नक्कली भएको ठहर गर्दै यी दुईसहित अन्य तीन जनालाई समेत पक्राउ गरेको हो।

फिलिपिनी जोडी सोही दिन दिउँसो हङकङ आइपुगेका हुन्।

त्यस्तै, पक्राउ पर्ने अन्यमा चेङ थरका ५४ वर्षीय मलेसियाली, चाई थरका ६४ वर्षीय ताइवानी र ताओ थर गरेकी २९ वर्षीया महिला रहेको द स्ट्यान्डर्डमा उल्लेख छ। उनीहरू हङकङ र मकाउको यात्रा अनुमति पत्र प्रयोग गरी हङकङ प्रवेश गरेका थिए।

केन्द्रीय प्रहरी जिल्लाले घटनाको गहन अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .