हङकङको क्याथे एयरवेजले कर्मचारीलाई बोनस बाँड्ने

हङकङको क्याथे एयरवेजले कर्मचारीलाई बोनस बाँड्ने

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा क्याथेका विमानहरू (एससीएमपी)


नेपालखबर
माघ १०, २०८१ बिहिबार ११:५७, हङकङ

हङकङको क्याथे प्यासिफिक एयरवेजले कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस बाँड्ने भएको छ।

२०२४ मा भएको बलियो वित्तीय नतिजापछि बोनस दिने निर्णय गरिएको क्याथेले जनाएको छ।

‘बोनस भुक्तानी गतवर्षको कम्पनीको बलियो प्रदर्शनका कारणले हो,’ बिहीबार कर्मचारीहरूलाई सम्बोधन गरी लेखिएको पत्रमा क्याथे समूहका सीईओ रोनाल्ड लाम सिउले भनेका छन्, ‘यो वर्ष कम्तीमा चार हप्ता बराबरको तलब बोनसका रूपमा वितरण गर्ने कुरा साझा गर्न पाउँदा म अति खुसी छु। सम्पर्कमा रहँदै गर्नु होला।’

प्रतिज्ञा गरिएको बोनसले कोभिड महामारीपछिको पुनर्निर्माणमा कम्पनीको प्रयास सफलतितर डोरिएको लामको कथन छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .