मंगलबार दिउँसो हङकङको काउलुन तङमा स्कुल बस दुर्घटना भएको छ।
यु चुङ इन्टरनेशनल स्कुलको बस दिउँसो करिब ३ बजे स्कुल प्रवेश गर्ने क्रममा तिमफुक रोडमा नियन्त्रण गुमाउन पुगेको थियो।
नियन्त्रण गुमाएको बस फुटपाथमा ठोकिएर नजिकैको कार्यस्थलमा पुगी अडिएको थियो।
दुर्घटनापछि चालक आफैँ बाहिर निस्किएका थिए। हात र खुट्टामा चोट लागेका उनलाई अस्पताल लगिएको थियो।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (द स्ट्यान्डर्ड)
663
Shares

प्रतिक्रिया