अमेरिकाबाट हङकङ उडेको जहाज समस्या देखिएपछि फर्कियो

अमेरिकाबाट हङकङ उडेको जहाज समस्या देखिएपछि फर्कियो

क्याथेको जहाज उडान भरेको केही समयमै पुन: बोस्टन फर्किएको थियो (शटरस्टक)


नेपालखबर
माघ ७, २०८१ सोमबार १८:१२, हङकङ

अमेरिकाको बोस्टनबाट हङकङका लागि उडेको क्याथेको जहाज समस्या देखिएपछि पुन: उतै फर्किएको छ।

ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार उडान सीएक्स८११ हङकङ समयअनुसार बिहान २:२३ बजे बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो।

तर, क्याथेको यो जहाज उडान भरेको आधा घण्टापछि पुन: उतै फर्किएको छ।

सामाजिक सञ्जालमा आएका टिप्पणीहरूमा क्याबिनबाट धुवाँ निस्किएका कारण जहाज फर्केको बताइएका छन्। यद्यपि यसको पुष्टि चाहिँ भएको छैन।

टेकअफ भएको केही समयपछि एयरबस ए३५० ले म्यासाचुसेट्स खाडीमाथि चक्कर लगाएको थियो।

यसो गरिनुको कारण आपत्‌कालीन अवतरण गर्नुअघि विमानले इन्धन खन्याएको हुन सक्ने आँकलन गरिएको छ। यसबारेमा क्याथे प्यासिफिकसँग बुझ्ने प्रयास भइरहेको छ।

एक महिनाभित्र क्याथेले बोस्टनसँग सम्बन्धित समस्याको सामना गरेको यो दोस्रो पटक हो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .