हङकङमा गतहप्ता मौसमी फ्लुबाट १५ जनाको मृत्यु, फेब्रुअरी अझ जटिल बन्ने विज्ञको चेतावनी

हङकङमा गतहप्ता मौसमी फ्लुबाट १५ जनाको मृत्यु, फेब्रुअरी अझ जटिल बन्ने विज्ञको चेतावनी

याउमा तेईस्थित क्विन एलिजाबेथ अस्पतालको दुर्घटना तथा आपत्‌कालीन विभागमा फ्लुको चेतावनी देखाउने स्क्रिनहरू (एससीएमपी)


नेपालखबर
माघ ६, २०८१ आइतबार १४:३१, हङकङ

हङकङमा फेब्रुअरीको सुरुमा मौसमी फ्लु उत्कर्षमा पुग्ने एक श्वासप्रश्वास रोग विशेषज्ञले भविष्यवाणी गरेका छन्। जनवरीको दोस्रो हप्ता मृत्यु हुने १५ जनामा इन्फ्लुएन्जा संक्रमित पुष्टि भएपछि उनको यस्तो भविष्यवाणी आएको हो।

हङकङको चिनियाँ विश्वविद्यालय, श्वासप्रश्वास चिकित्साका प्राध्यापक डेभिड हुईले बासिन्दाहरूलाई फ्लुको खोप लगाउन आह्वान गर्दै उक्त भविष्यवाणी गरेका हुन्।

सबै उमेर समूहमा खोप दर आदर्शस्तरभन्दा कम भएको तथा ५० देखि ६४ वर्ष उमेर समूहका २० प्रतिशतले मात्र सुई लगाएको तथ्यांक बाहिर ल्याउँदै उनले सबैलाई खोप लगाउन आह्वान गरेका हुन्।

‘दुई हप्तादेखि यस वर्षको जाडो इन्फ्लुएन्जा मौसम सुरु भएको छ र सामान्यतया यो उत्कर्षमा पुग्न चारदेखि छ हप्ता लाग्छ,’ हुईले आइतबार एक रेडियो कार्यक्रममा भने।

फेब्रुअरीको उत्कर्षपछि पनि इन्फ्लुएन्जा मौसम कम हुन अझै ६ देखि ८ हप्ता लाग्ने समेत उनले बताए।

हङकङको स्वास्थ्य विभागका अनुसार हङकङमा जनवरी ५ देखि ११ सम्म ३७ जना बिरामी सघन उपचार कक्षमा भर्ना भएका थिए र उनीहरू इन्फ्लुएन्जाबाट संक्रमित भएको पुष्टि गरिएको छ।

उनीहरूमध्ये २५ जनाले २०२४-२५ को मौसमी फ्लु खोप लगाएका थिएनन्। जसमध्ये १५ जनाको मृत्यु भएको थियो।

हुईले सार्वजनिक अस्पतालहरूमा इन्फ्लुएन्जासँग सम्बन्धित बिरामीहरूको भर्ना दर बढिरहेको उल्लेख गरे। जसमा धेरैजसो पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिका छन्। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .