एनसीसी हङकङको अध्यक्षमा शशीमदन राई

एनसीसी हङकङको अध्यक्षमा शशीमदन राई

नवनिर्वाचित अध्यक्ष शशीमदन राई (बायाँ) र वरिष्ठ उपाध्यक्ष धीरजकुमार राई


बज्रकुमार थुलुङ राई
माघ ६, २०८१ आइतबार ११:१०, हङकङ

नेपाल चेम्बर अफ कमर्स हङकङको छैठौँ  अधिवेशन लवकुमार गुरुङको अध्यक्षता र यहाँस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत सतिशकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

गत शुक्रबार जोर्डनको काउलुनस्थित ब्लु ओसन रेस्टुरेन्टको सभाहलमा भएको उक्त अधिवेशनमा याउचिम मोङ जिल्ला पार्षद् अरुणा गुरुङ, पर्यटन संस्कृति तथा उड्डयन मन्त्रालय नेपालबाट हङकङका लागि नियुक्त पर्यटन प्रवर्द्धक प्रकाश पुन, नेपाली उद्योग वाणिज्य महासंघ नेपालका प्रतिनिधि कृष्ण पाण्डे, गैरआवासीय नेपाली संघ केन्द्रीय समिति महिला सचिव राधिका गुरुङ, गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकालको विशेष अतिथ्यता रहेको थियो।

त्यस्तै, अन्य विशेष अतिथिमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, नेपाली युवा उद्यमी महासंघका अध्यक्ष इन्द्रर पुन, नेपाल चेम्बर अफ कमर्स
हङकङका प्रमुख सल्लाहकार दासुराम पराजुली, सोही संस्थाका संस्थापक सदस्य रामली राई, कुलप्रसाद गुरुङ, निवर्तमान सल्लाहकार हेजेन राई, प्रीतम श्रेष्ठ लगायत हङकङ नेपाली समाजका विशिष्ट व्यक्तित्वहरू रहेका थिए।

उक्त अधिवेशनले अध्यक्षमा शशीमदन राई, महासचिवमा वरदान गुरुङ, सचिवमा जयप्रकाश गुरुङ, कोषाध्यक्षमा लक्ष्मण थापा तथा सदस्यद्वयमा बिक्की थापा र विश्वनाथ घिसिङलाई निर्विरोध चयन गरेको छ।

प्रथम उपाध्यक्ष र उपाध्यक्ष पदको निम्ति भने निर्वाचन भएको थियो। उक्त पदमा धीरजकुमार राई, विनय शाह, तुलसी उप्रेती र प्रदिप कन्दङ्वा प्रत्याशी बनेका थिए। जसमा प्रथम उपाध्यक्षमा धिराजकुमार राई र उपाध्यक्षमा प्रदीप कन्दङ्वा विजयी भएका छन्।

उक्त अधिवेशनबाट चयन भएका पदाधिकारीहरूलाई निर्वाचन मण्डलका प्रमुख दासुराम पराजुलीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

संस्थाले १९ सदस्यीय कार्यसमिति बनाउन सक्ने प्रावधान छ।

सन् २००८ मा तेजकुमार राईको नेतृत्वमा नेपाल चेम्बर अफ कमर्स हङकङ स्थापना भएको थियो। जुन हङकङ सरकारले मान्यता दिएको एक मात्र नेपाली संस्था हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .