हङकङमा फेरि अर्को आगलागी, निर्माणस्थललाई समेत गर्‍यो असर

हङकङमा फेरि अर्को आगलागी, निर्माणस्थललाई समेत गर्‍यो असर

आगलागीका कारण शेङशुई निर्माणस्थलका कम्तीमा १० जना कामदारलाई सुरक्षित स्थानमा सारिएको छ


नेपालखबर
पुस २९, २०८१ सोमबार १७:४६, हङकङ

सोमबार दिउँसो नजिकैको पहाडमा आगलागी भएपछि हङकङको शेङशुई निर्माणस्थलका कामदारलाई सुरक्षित स्थानमा सारिएको छ।

होशेङहुङ पहाडको जंगलमा आगलागी भएपछि यही पहाडको टुप्पोमा रहेको शेङशुई कार्यस्थलका १० जनाभन्दा बढी कामदारलाई सुरक्षित स्थानमा सारिएको हो।

दिउँसो ३ बजेतिर जंगलमा आगलागी सुरु भएको थियो। घटनास्थलमा अग्निनियन्त्रकको टोलीले आगो निभाउने कार्य गरिरहेको छ। जहाँ एम्बुलेन्सहरू पनि तयारी अवस्थामा तैनाथ गरिएको छ।

अधिकारीहरूले आगलागीको कारण अज्ञात रहेको र यसबारे अनुसन्धान भइरहेको जनाएका छन्।  (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .