हङकङको काइताकस्थित एक निर्माणस्थलमा स्काफोल्डिङ भत्किँदा कम्तीमा ११ कामदार घाइते भएका छन्।
जसमध्ये दुई जना भग्नावशेषमा फसेका छन्। साँझ साढे ४ बजेसम्मको सूचनाअनुसार उनीहरूको अवस्था अज्ञात छ। अपुष्ट खबरअनुसार एक महिला कामदार अर्धचेत अवस्थामा रहेको भनिएको छ।
निर्माणस्थलमा रहेको ३२८ फिट अग्लो बाँसको उक्त संरचना सोमबार अपरान्ह ४ बजे आंशिक रूपमा ढलेको थियो। शिङचोङ रोडमा रहेको निर्माणस्थल एक अस्पतालको परियोजना हो।
सन् २०१८ मा निर्माण सुरु भएको यो परियोजना अर्को वर्ष पूरा गर्ने लक्ष्य लिइएको छ।
घटनास्थलमा कम्तीमा १० एम्म्बुलेन्ससहित आपत्कालीन कर्मचारीहरू पुगेर उद्धार कार्यमा जुटेका थिए। (एससीएमपी)
921
Shares

प्रतिक्रिया