हङकङमा सहकर्मीलाई ‘ठूलो छाती भएकी केटी’ भनेर जिस्क्याउने रेस्टुरेन्टका प्रबन्धकको जागिर चट!

हङकङमा सहकर्मीलाई ‘ठूलो छाती भएकी केटी’ भनेर जिस्क्याउने रेस्टुरेन्टका प्रबन्धकको जागिर चट!

फेस्टिवल वाकमा अवस्थित कोरियन रेस्टुरेन्ट ‘टेरेस’का शाखा प्रबन्धक निलम्बनमा परेका हुन् (द स्ट्यान्डर्ड)


नेपालखबर
पुस २२, २०८१ सोमबार १४:१, हङकङ

हङकङमा सञ्चालित एक कोरियन रेस्टुरेन्टका शाखा प्रबन्धक सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बनमा परेका छन्।

काउलुनस्थित समुद्री किनारमा रहेको कोरियाली रेस्टुरेन्ट ‘टेरेस’का ती प्रबन्धक महिला सहकर्मीको शारीरिक स्थितिका बारेमा मजाक बनाएको तथा उपनाम राखेको आरोपमा फन्दामा परेका हुन्।

पीडित कर्मचारीले आफ्नो पीडा अनलाइनमा साझा गरेको दोस्रो दिन रेस्टुरेन्टले यो कदम चालेको हो। जसले मानिसहरूको ध्यान खिचेको छ।

शनिबार सामाजिक सञ्जालमा गरिएको पोस्टअनुसार, फेस्टिवल वाकमा अवस्थित उक्त रेस्टुरेन्टमा काम गर्न गएको पहिलो दिन शाखा प्रबन्धक र अन्य सहकर्मीले महिलाको शारीरिक स्थितिको मजाक उडाएका थिए।

पोस्टमा महिलाले भनेकी छन्, शाखा प्रबन्धकले उनलाई व्यक्तिगत रूपमा र अनलाइन कार्यस्थल च्याट समूहमा ‘ठूलो छाती भएकी केटी’ जस्ता उपनामले सम्बोधन गरेका थिए। अन्य सहकर्मीले पनि त्यसै गरे र उनको शारीरिक स्थितिको मजाक उडाए।

उनले सञ्जालमा पीडा पोखेको भोलिपल्ट आइतबार, रेस्टुरेन्टले एक विज्ञप्ति जारी गर्दै आन्तरिक अनुसन्धानपछि अनुशासनात्मक कारबाहीस्वरुप शाखा प्रबन्धकलाई कामबाट निलम्बन गरिएको बताएको हो।

रेस्टुरेन्टले ‘लैंगिक भेदभाव अध्यादेश’ अनुसार यौन उत्पीडन रोकथाम नीति तथा दिशानिर्देशहरू अख्तियार गरिएको बताएको छ।

‘कसैले पनि कुनै अनुपयुक्त परिस्थितिको सामना गर्नु परेमा मानव संसाधन विभाग वा व्यवस्थापनमा रिपोर्ट गर्न प्रोत्साहित गरिन्छ,’ रेस्टुरेन्टको विज्ञप्तिमा भनिएको छ, ‘सबै रिपोर्टहरू गोप्य राखिनेछ।’

रेस्टुरेन्टले घटनाबाट प्रभावित सहकर्मीलाई सहयोग प्रदान गर्न हरसम्भव प्रयास गर्ने कुरा पनि उल्लेख गरेको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .