हङकङको एचके एक्सप्रेसले ‘फास्टेस्ट ग्रोविङ एयरलाइन २०२४’ उपाधि हात पारेको छ।
क्याथे प्यासिफिक एयरवेजको बजेट शाखा एचकेले २०२४ मा यात्रुको संख्या ६० लाख पुर्याउन सफल भएसँगै उक्त ताज पहिरिएको हो। यो संख्या २०२३ को तुलनामा ४० प्रतिशतले बढेको हो।
विश्वव्यापी यात्रा डेटा प्रदायक ओएजीका अनुसार क्यारियरद्वारा २०२४ मा सञ्चालित उडानको संख्या २०२३ को भन्दा ४६ प्रतिशतले बढेर ३५,०१५ पुगेको छ।
एचके एक्सप्रेस हङकङमा कम लागतमा यात्रा गर्न सकिने एयरलाइन हो।
चाइनिज युनिभर्सिटी अफ हङकङको उड्डयन नीति अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. एन्ड्रयु युन कोभिड-१९ महामारीपछि यात्रामा राम्रो सुधार गर्दा एयरलाइनले द्रुत गतिमा आफूलाई पुन: प्राप्ति गर्न मद्दत गरेको बताउँछन्।
‘एचके एक्सप्रेसले जापानमा राम्रो नेटवर्क स्थापना गरेको छ, जसले फुर्सदको अवसर खोज्ने यात्रुहरूको लागि मनपर्ने विकल्प बनाएको छ,’ युन उदाहरण दिन्छन्। (एससीएमपी)
Shares

प्रतिक्रिया