पाइप फुटेका कारण हङकङको कुनतङ सडक शुक्रबार बिहानसम्म बन्द, यी रुटबाट यात्रा गर्न नमिल्ने

पाइप फुटेका कारण हङकङको कुनतङ सडक शुक्रबार बिहानसम्म बन्द, यी रुटबाट यात्रा गर्न नमिल्ने

पाइप फुटेर सडक हिलाम्मे भएको छ (तस्बिरहरू : द स्ट्यान्डर्ड)


नेपालखबर
पुस १८, २०८१ बिहिबार १८:१४, हङकङ

हङकङको कुनतङमा पानीको पाइप फुटेर सडक अवरद्ध भएको छ। पानी सेवा विभाग (डब्लूएसडी)का अनुसार फुटेको पाइप मर्मत भइरहेकोले शुक्रबार बिहानसम्म सडकका केही लेन बन्द रहनेछन्।

विभागले बिहीबार दिउँसो साढे १ बजे पाइप फुटेको रिपोर्ट प्राप्त गरेको थियो।

अहिले मर्मत भइरहेको यस सडकमा धमिलो पानी बगेको छ। जसले सडक लेनहरूलाई हिलाम्मे बनाएको छ। यस सडकको मङकक बाउन्डका केही लेनमा सवारी साधनको आवागमनमा बन्द गरिएका छन्।

क्षतिग्रस्त पाइपको मर्मत भइरहेकोले भोलि बिहान ६ बजेसम्ममा कुनतङ सडकको ढिलो लेन खोल्ने लक्ष्य राखिएको विभागले जनाएको छ। साथै, मर्मत कार्य जारी रहने र बाँकी लेन पनि सकेसम्म चाँडो खोल्न प्रयास गरिनेछ।

बन्द क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ जहाँ विभागका कर्मचारीले आपत्‌कालीन मर्मतको काम गरिरहेका छन्।

क्षति पुगेको पाइप ४५० मिलिमिटर व्यासको नुनिलो पानीको पाइप हो। पाइपबाट अहिले पानी आपूर्ति रोकिएको छ। यद्यपि, यो सँगै रहेको शौचालय फ्लस गर्ने पानी आपूर्ति भने सुचारु नै रहेको विभागले जनाएको छ।

विभागले प्रभावित लेनमा यात्रा गर्न चाहने सवारी साधनका चालकलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरेको छ।

विभागका अनुसार बसका निम्न रुट पनि डाइभर्ट गरिएका छन्– ५आर, ११एक्स, १४बी, १४एच, १५ए, १६एम, २३, २५आर, ३८, ३८पी, ४०पी, ४२सी, एक्स४२सी, ७४डी, ७४ई, ७४एफ, ७४पी, ७४एक्स, ९३ए, ९३के, ९८ए, २७४एक्स, २७७ए, २७७ई, २७७पी, २७७एक्स, ६०१, ६०१पी, ६०६, ६०६ए, ६०६एक्स, ६१९, ६४१ र एन६१९। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .