हङकङमा बढ्यो नयाँ वर्षको चहलपहल, आज बिहान मात्रै २४ हजार पर्यटक भित्रिए

हङकङमा बढ्यो नयाँ वर्षको चहलपहल, आज बिहान मात्रै २४ हजार पर्यटक भित्रिए

मंगलबार बिहान पश्चिम काउलुन रेलवे स्टेसनको आगमन हलमा आगन्तुक (एससीएमपी)


नेपालखबर
पुस १६, २०८१ मंगलबार १३:४८, हङकङ

नयाँ वर्षको पूर्वसन्ध्यामा हङकङमा चहलपहल बढेको छ। मंगलबार बिहान मात्रै सहरमा २४ हजारभन्दा बढी आगन्तुक भित्रिएका छन्।

मंगलबार बिहान १० बजेसम्ममा हङकङ प्रवेश गरेका २४,३५१ पर्यटकमध्ये ७३.७ प्रतिशत अर्थात् १७,९४८ मुख्यभूमिबाट आएका छन्।

मुख्यभूमिबाट आएकामध्ये ३,७७२ जना उच्चगतिको रेलमार्फत आएका हुन्। जसले पश्चिम काउलुन स्टेसनको आगमन हलमा मानिसको भीड थियो। तर, यसको विपरीत प्रस्थान क्षेत्र भने खाली देखिन्थ्यो।

कुरा गरिएका धेरै आगन्तुकले हङकङमा एक दिनको यात्रा रोजेका छन्। जसमा छेङ्दुका २९ वर्षीय उद्यमी हुआङ काहाङ पनि हुन्।

‘हङकङका केही होटल तथा कोठा निकै महँगा छन् र नयाँ वर्षको समयमा तिनीहरूलाई बुक गर्न गाह्रो छ,’ काहाङ भन्छन्, ‘यदि बेलैमा बुक गरिएन भने कोठा पाउन मुस्किल छ।’

उनको यो पहिलो हङकङ यात्रा हो। मंगलबार उनको मुख्य लक्ष्य नयाँ वर्षको पूर्वसन्ध्यामा मध्यरातको आतिशबाजी सहितको काउन्टडाउन समारोहको अनुभव गर्नु रहेको छ।

मुख्यभूमिबाट आएका अन्य यात्रुले पनि होटलको भाडा महँगो हुनु र सीमा खुल्ने समय बढेकाले काउन्टडाउनपछि आफूहरू फर्कने बताए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .