हङकङको जोर्डनमा कार दुर्घटना, एक पैदलयात्रीको मृत्यु, २ घाइते

हङकङको जोर्डनमा कार दुर्घटना, एक पैदलयात्रीको मृत्यु, २ घाइते

जोर्डनमा कार दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् (एससीएमपी)


नेपालखबर
पुस १५, २०८१ सोमबार १२:८, हङकङ

सोमबार बिहान हङकङको जोर्डनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

कार फुटपाथमा चढेर पैदलयात्रीलाई ठक्कर दिएको थियो। जोर्डनको जोर्डन रोडमा रहेको लुनताक भवन नजिकै फुटपाथमा हिँडिरहेका पैदलयात्रीलाई नियन्त्रण गुमाएको कारले ठक्कर दिएको हो।

बिहान १० बजेतिर कालो निजी कारले पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

कारको ठक्करपछि घाइते पैदलयात्रीलाई क्विन एलिजाबेथ अस्पताल लगिएकोमा एक वृद्ध पुरुषलाई मृत घोषित गरिएको छ। घाइते अन्य दुई पुरुष र महिला हुन्। उनीहरूलाई क्रमशः टाउको र खुट्टामा चोट लागेको छ।

पैदलयात्रीलाई ठक्कर दिएपछि कार पुन: मुख्य सडकमा फर्किएर रोकिनुअघि फूलको ट्रफमा ठोकिएको थियो।

कार चालकलाई क्वाङ वाह अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .