नयाँ घर सर्दा गरिएको पूजा समारोहबाट आगो सल्किँदा माओन शानको हेङअन स्टेटमा आगलागी भएको छ।
फ्याटमा आगलागी भएपछि यहाँ रहेका सय जनालाई सुरक्षित स्थानमा सारिएको थियो। परम्परागत अनुष्ठानको लागि ६२ वर्षीया महिलाले पेपर जलाउँदा आगलागी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनामा कुनै खराब नियत नदेखिएको समेत प्रहरीले प्रस्ट्याएको छ।
प्रहरी प्रवक्ताले समारोह ‘चार कुनाको पूजा गर्ने’ अनुष्ठान भएको थाहा हुन आएको बताए। जहाँ जोस पेपर र काठका टुक्रा जलाइएको थियो।
चिनियाँ परम्पराअनुसार यस्तो समारोह सामान्यतया नयाँ घरमा सर्दा आकाश, पृथ्वी, मानव र भूतका चार आत्मालाई शान्त पार्ने विश्वासस्वरुप गरिन्छ। (एससीएमपी)
3.4k
Shares

प्रतिक्रिया