२२औँ हङकङ खाद्य महोत्सव आजदेखि सुरु, झन्डै हजार स्टल

२२औँ हङकङ खाद्य महोत्सव आजदेखि सुरु, झन्डै हजार स्टल

अघिल्लो वर्षको फुड फेस्टिवलका सहभागी (फाइल तस्बिर : एससीएमपी)


नेपालखबर
पुस १०, २०८१ बुधबार १२:२५, हङकङ

हङकङमा २२औँ हङकङ खाद्य महोत्सव बुधबारबाट सुरु भएको छ। हङकङ कन्भेन्सन एन्ड एक्जिविसन सेन्टरमा सञ्चालित यस महोत्सव डिसेम्बर २९ (आइतबार) सम्म जारी रहनेछ।

यस वर्षको महोत्सव हङकङ मेगा शोकेससँगै आयोजना भइरहेको छ। झन्डै १ हजार स्टलमा कतिपयले ग्राहकलाई आकर्षित गर्न नयाँ फिचर पनि समावेश गरेका छन्।

पहिलो पटक सहभागी भएका एक स्टल मालिकले हङकङ डलर १ मै ‘फिस नुडल्स’ पस्केका छन्।

बिहान ढिलोगरी सुरु भएको महोत्सवको सुरुआती चरणमा अपेक्षाभन्दा कम मानिस उपस्थित भए पनि स्टल मालिकहरू मानिसको आगमन बढ्नेमा आशावादी देखिए।

फ्रोजन समुद्री खानाको स्टल राखेका एक विक्रेताले कम बिक्रीले लागतमै असर गर्ने चिन्ता व्यक्त गर्दै थिए। यद्यपि आफूले आफ्नो उत्पादन दायरा फराकिलो बनाएको र धेरै ग्राहकलाई आकर्षित गर्न मूल्य घटाएकोले त्यस्तो नहोस् भन्ने आशा व्यक्त गरे।

यस्तै १ डलरमै ‘फिस नुडल्स’ राखेका स्टल मालिक महोत्सव अगाडि बढ्दै जाँदा ग्राहकहरूको उपस्थिति बढ्ने र यसले आफूहरूको लागत प्राप्ति गर्न मद्दत पुग्नेमा ढुक्क देखिए।

दक्षिण कोरियाका उत्पादन राखेका एक स्टल मालिकले लोकप्रिय फलफूलको दूध बेच्न राखेका छन्। उनको लक्षित समूह युवा वर्ग हुन्। उनले बिहान ग्राहकको प्रवाह तुलनात्मक रूपमा राम्रो रहेको बताए। उनले ग्राहकलाई अझै आकर्षित गर्न आफ्ना उत्पादनको मूल्यमा २० प्रतिशत घटाएका छन्।

धेरै वर्षदेखि महोत्सवमा भाग लिँदै आएका एक सहभागीले विगतका वर्षको तुलनामा यस वर्ष भीड कम देखेको बताए। भीड कम भएकैले यस पटक उनलाई हिँड्न बढी सहज भयो।

महोत्सवमा सहभागी कम हुनुमा धेरैले बिदा मनाउन मुख्यभूमिलाई रोजेको उनको गुनासो छ। तर, आफूले खाना महोत्सवमा भाग लिएर स्थानीय व्यवसायलाई सहयोग गर्न हङकङमै बस्न चाहेको समेत उनले थपे। महोत्सवमा उनले एबालोन र सुकेका फलफुल जस्ता वस्तुको आनन्द लिए।

महोत्सवमा लगभग एक घन्टादेखि उपस्थित अर्का सहभागीले चिया र डम्पलिङ (म:म जस्तै परिकार) जस्ता खानेकुरामा आफूले हङकङ डलर १ हजारभन्दा बढी खर्च गरेको बताए।

यी ग्राहकहरूका अनुसार समग्र खानेकुराका मूल्य अघिल्ला वर्षहरूको तुलनामा बढी छ। जसले गर्दा उनीहरू आफ्नो खरिदमा बढी सतर्क रहन बाध्य भए।

स्टल मालिकहरू सफल कार्यक्रमको लागि आशावादी छन्। उनीहरू आयोजकले बढी स्थानीय र पर्यटकलाई आकर्षित गर्न प्रचार बढाउन् र अझ सके निःशुल्क प्रवेश दिउन् भन्ने सुझाव दिन्छन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .