हङकङमा छात्राहरूको गोप्य अंगको भिडिओ खिच्ने शिक्षकलाई ६ महिना जेल

छात्रालाई अगाडि ल्याएर प्रश्नको जवाफ दिन लगाए, आफूले भुईँमा मोबाइल राखेर भिडिओ बनाए
हङकङमा छात्राहरूको गोप्य अंगको भिडिओ खिच्ने शिक्षकलाई ६ महिना जेल

छात्राहरूको गोप्य अंगको भिडिओ खिच्ने शिक्षकलाई अदालतले ६ महिना जेल सजाय सुनाएको छ


नेपालखबर
पुस ९, २०८१ मंगलबार १६:१२, हङकङ

हङकङमा आफूले पढाउने कक्षाका छात्राको गोप्य अंगको भिडिओ खिचेको आरोपमा पक्राउ परेका एक शिक्षकलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ।

चान यु नाम गरेका २६ वर्षीय शिक्षकमाथि छात्राहरूको गोप्य अंगको गैरकानुनी रेकर्डिङ वा अवलोकनको ५ वटा मुद्दा परेको थियो। सोही मुद्दाको सुनुवाइको क्रममा मंगलबार चुनमुन अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको हो।

प्रतिवादी पक्षका वकिलले दोषी ठहरिएदेखि नै जेल परेका चानले आफ्नो अपराधको महसुस गरेको र सुध्रिन चाहेको बताउँदै सजाय घटाउन मागे गरेका थिए।

तर, दोषीले भविष्यमा पुन: अपराध गर्ने सम्भावना ‘तुलनात्मक रूपमा उच्च’ रहेको निष्कर्ष निकाल्दै कार्यवाहक प्रमुख मजिस्ट्रेड डेनियल ताङले उनीहरूको प्रस्ताव अस्वीकार गरे।

आरोपित शिक्षकले ४ जना १३ वर्षीया छात्राको गोप्य अंगको भिडिओ खिच्न आफ्नो मोबाइल फोनको प्रयोग गरेको अदालतसामु स्वीकार गरेका छन्। जसमध्ये एक जनाको दुई पटकसम्म खिचेको उनले बताएका छन्।

यस्तो थियो घटना
यस वर्ष जनवरी र फेब्रुअरीमा छात्राहरू ब्ल्याकबोर्ड अगाडि प्रश्नहरूको जवाफ दिइरहेका थिए। त्यसैबेला आफूले उनीहरूको पछाडि उभिएर वा झुकेर भिडिओ खिचेको उनले बताएका हुन्।

अझ कहिलेकाहीँ, जुत्ताको फिता बाँध्ने वा जानीजानी खसालेको चक टिप्ने बहानामा भिडिओ खिचेको उनको बयान छ।

चानले सुरुमा यस्तो गर्दा छात्राहरूले कुनै प्रतिक्रिया दिएनन्। तर, जनवरी २२ देखि फेब्रुअरी १ सम्म ११ दिनमा चार पटक पुन: यस्तै हर्कत गरेपछि उनीहरूमा शंका उत्पन्न भएको थियो।

दुई पटकसम्म भिडियो खिचिएकी छात्राले चानले आफ्नो फोन आफू उभिएको ठाउँ नजिकै भुइँमा राखेको देखेपछि प्रतिकार गरिन्। तर, चानले उनको कुरामा अज्ञानताको नाटक गरे र कुनै गल्ती नगरेझैँ गरी फोन उठाए।

यसपछि यो विषयले यत्तिकै विश्राम पाएन। उनीविरुद्ध उजुरी पर्‍यो। अन्तत: अदालतले मंगलबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको छ। चानलाई प्रत्येक अपराधको २ महिनाको दरले ६ महिना कारावास सजाय सुनाइएको हो।

हङकङमा गुप्ताङ्गको गैरकानुनी रेकर्डिङ वा अवलोकनको अपराधमा अतिकतम ५ वर्षको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .