हङकङमा आफन्त हुँ भन्दै रकम ठग्ने युवक पक्राउ

हङकङमा आफन्त हुँ भन्दै रकम ठग्ने युवक पक्राउ

हङकङमा आफन्त हुँ भन्दै ठगी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ


नेपालखबर
पुस ७, २०८१ आइतबार १२:१७, हङकङ

हङकङमा आफन्त हुँ भन्दै रकम ठग्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चान थर गरेका १९ वर्षीय युवक हुन्। उनीमाथि १६ लाख हङकङ डलर ठगी गरेको आरोप छ।

युवकलाई सोमबार क्वुनतोङ मजिस्ट्रेट अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।

६९ वर्षीया महिलाको परिवारले बिहीबार रिपोर्ट दर्ता गरेपछि उनलाई पक्राउ गरिएको हो। रिपोर्टमा उल्लेख भएअनुसार बिहान ११ बजेतिर महिलालाई आफ्नो ज्वाइँ भएको दाबी गर्ने व्यक्तिबाट फोन आएको थियो। फोन गर्ने व्यक्तिले आफूलाई पक्राउ गरिएको र मुद्दा मिलाउन तत्काल हङकङ डलर ६० हजार चाहिएको बताए।

उनको कुरा पत्याएकी महिलाले सहमति जनाइन् र आफ्नै अपार्टमेन्टमा आएका एक पुरुषलाई पैसा दिइन्। पछि, परिवारका सदस्यसँगको कुराकानीपछि ज्वाइँ बताएर रकम माग्ने व्यक्ति ठग भएको पत्ता लागेको थियो।

यता, युवक भने यत्तिमै रोकिएनन्। सजिलै पैसा उम्काउन सफल भएका उनले महिलालाई पुन: फोन गरेर थप एक लाख हङकङ डलर मागे। यस पटक भने महिला सचेत थिइन्।

उनले युवकको कुरा पत्याएझैँ गरेर सहमति जनाइन् र परिवारका अन्य सदस्यलाई घटनाक्रमबारे अपडेट गराइन्। यसपछि प्रहरीलाई खबर गरिएको थियो।

अब भने युवक फन्दामा परिसकेका थिए। दोस्रो पटक प्रहरीले उनलाई घटनास्थलबाटै पक्राउ गर्‍यो। पक्राउपछि साउमाउ पिङ प्रहरी जिल्लामा राखिएका उनलाई सोधपुछका क्रममा अन्य घटना समेत बाहिर ल्याउन प्रहरी सफल भयो।

अनुसन्धानका क्रममा उनी डिसेम्बर ४ देखि १२ सम्म भएका ठगीका अन्य सात वटा घटनासँग जोडिएको प्रहरीले पत्ता लगाएको छ।

जुन घटनाका पीडित ६३ देखि ९२ वर्ष उमेरका छन्। यी घटनामा पनि युवकले प्रहरी हिरासतमा आफन्त रहेको र उनलाई रिहा गर्न जमानतको लागि पैसा चाहिएको बताएका थिए।

यी घटनाबाट ठगी गरिएको कुल रकम १६ लाख हङकङ डलर थियो। चानमाथि ६ वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .