हङकङमा स्वास्थ्य विभागले शपिङ मलहरूमा अवैध धूम्रपानविरुद्ध सञ्चालन गरेको तीन दिने अभियानमा ३६ जनालाई कारवाही गरेको छ।
विभागका सुर्ती तथा मदिरा नियन्त्रण अधिकारीले १६ देखि १८ डिसेम्बरसम्म ११५ निषेधित क्षेत्रको निरीक्षण गर्ने क्रममा ३६ वटा जरिवानाका सूचना जारी गरिएको जानकारी दिए।
निरीक्षणका क्रममा अधिकारीहरूले जनचेतनाका लागि पर्चा समेत वितरण गरेका थिए।
‘यो अभियानले जनतामा धूम्रपानको प्रभावलाई कम गर्ने लक्ष्य राखेको छ,’ एक सरकारी अधिकारी भन्छन्, ‘किनकि सुर्तीजन्य पदार्थको नियन्त्रण नीति धूम्रपानलाई निरुत्साहित गर्नु हो।’
हङकङको धूम्रपान (जनस्वास्थ्य) अध्यादेशमा निषेधित क्षेत्र वा सार्वजनिक यातायातमा धूम्रपान गर्नेलाई हङकङ डलर १५०० जरिवाना गर्न सकिने व्यवस्था छ। (द स्ट्यान्डर्ड)
75
Shares

प्रतिक्रिया