हङकङको कार्यकारी परिषद्ले बस कम्पनीहरूको भाडा वृद्धि प्रस्तावलाई अनुमोदन गरेको छ।
स्रोतका अनुसार, परिषद्का प्रमुख कार्यकारीले मंगलबार फ्रान्चाइज्ड बस सञ्चालकहरूबाट भाडा वृद्धिको आवेदनलाई अनुमोदन गरेका हुन्।
यसअघि काउलुन मोटर बसको भाडा ४.३ प्रतिशत, सिटीबसको ७.५ प्रतिशत र न्यु लान्ताओ बसको भाडा ६.५ प्रतिशतले बढ्ने कुरा बाहिर आएको थियो। नयाँ भाडा जनवरी ५ देखि लागु हुनेछ।
बढ्दो तलब खर्च र अस्थिर इन्धन लागतलाई उद्धृत गर्दै तीन फ्रान्चाइज्ड बस कम्पनीले ६.५ प्रतिशतदेखि ९.५ प्रतिशतसम्मको भाडा वृद्धिको लागि अनुरोध गरेका थिए।
यातायात तथा रसद ब्युरोले व्यवस्थापिका परिषद्मा पेस गरेको पत्रअनुसार, सिटीबसले ९.५ प्रतिशत भाडा वृद्धिको लागि आवेदन दिएको छ भने काउलुन मोटर बसले ६.५ प्रतिशत वृद्धि खोजिरहेको छ। त्यस्तै, न्यु लान्ताओ बसले ६.५ प्रतिशत वृद्धि चाहेको छ। (द स्ट्यान्डर्ड)
Shares

प्रतिक्रिया