हङकङ आएका २ विमानमा यात्रुको नगद चोरी, २ जना पक्राउ

हङकङ आएका २ विमानमा यात्रुको नगद चोरी, २ जना पक्राउ

हङकङमा यो वर्षको पहिलो १० महिनामा विमानभित्र चोरीका १६९ घटना रेकर्ड भएका छन् (एससीएमपी)


नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १४:२३, हङकङ

हङकङ प्रहरीले एक हप्ताको अवधिमा भियतनामबाट आएका दुई उडानमा यात्रुको नगद चोरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ।

बलले शनिबार जानकारी गराएअनुसार पछिल्लो गिरफ्तारी शुक्रबार भएको हो। भियतनामको होचि मिन्ह सहरबाट आएको उडानमा यात्रुको ओभरहेड लगेजबाट १ करोड भियतनामी डोङ चोरी गरेको आरोपमा ६१ वर्षीय व्यक्ति पक्राउ परेका हुन्।

पीडित यात्रुले आफ्नो लगेजमा गडबडी देखेपछि जाँच गर्दा नगद हराएको पत्तो पाएका थिए। यसपछि प्रहरीलाई खबर गरिएको थियो। यस क्रममा प्रहरीले ६१ वर्षीय व्यक्तिलाई पक्राउ गर्नुका साथै हराएको नगद फिर्ता गराएको थियो।

अभियुक्त आइतबारसम्म हिरासतमै छन्। बलको लान्ताउ आपराधिक अनुसन्धान इकाईले घटनाको थप अनुसन्धान गरिरहेको छ।

यस्तै, बुधबार पनि भियतनामकै दानाङबाट आएको उडानमा नगद चोरेको आरोपमा ३८ वर्षीय व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ। उनीमाथि यात्रुको ओभरहेड लगेजबाट ४,५०० अमेरिकी डलर चोरेको आरोप छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .