हङकङको चुनुमुन टाइफुन सेल्टरका डुंगामा आगलागी

हङकङको चुनुमुन टाइफुन सेल्टरका डुंगामा आगलागी

इन्धन भर्ने क्रममा डुंगामा आगलागी भएको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १३:३३, हङकङ

हङकङको चुनमुन टाइफुन सेल्टरमा आइतबार बिहान आगलागी भएको छ। आगलागीबाट कम्तीमा ४ डुंगा जलेका छन्।

प्रहरीका अनुसार बिहान करिब ६ बजे सेल्टरमा रहेका डुंगामा आगलागी भएको रिपोर्ट प्राप्त भएको थियो।

आगलागीको खबर पाएपछि घटनास्थल पुगेको अग्निनियन्त्रकको टोलीले दुई जनालाई उद्धार गरेको छ।

एउटा डुङ्गाका मालिकले आफ्नो डुङ्गामा इन्धन भर्दा अचानक आगलागी सुरु भएको स्रोतले जानकारी दियो। डुंगामा आगो बल्न थालेपछि उनी समुद्रमा हाम फालेका थिए। पछि उनलाई अग्निनियन्त्रकको टोलीले उद्धार गर्‍यो।

एउटा डुंगामा आगो बलेपछि नजिकैका अन्य डुंगामा पनि सल्केको थियो। घटनास्थलको निरीक्षणबाट अन्य तीन वटा डुङ्गा जलेको पाइएको प्रहरीले बताएको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .