हङकङ द नर्थ फेस अल्ट्रा ट्रेल दौडमा नेपालको प्रतिनिधित्व गर्दै अर्जुन राई

हङकङ द नर्थ फेस अल्ट्रा ट्रेल दौडमा नेपालको प्रतिनिधित्व गर्दै अर्जुन राई

सन्तोष तामाङ
मंसिर २८, २०८१ शुक्रबार २२:५७, हङकङ

हङकङमा शुक्रबार राति १० बजेबाट सुरु भएको हङकङ द नर्थ फेस १०० किलोमिटर अल्ट्रा ट्रेल दौडमा नेपालको प्रतिनिधित्व गर्दै अर्जुन कुलुङ राई हङकङ  आइपुगेका छन्। उनीसँगै हङकङका स्थानीय नेपाली धावकहरू यमनाथ लिम्बु (नुगो), दिनानाथ बगाले, सन्तोष तामाङ लगायत पनि दौडमा सहभागी भएका छन्।

नेपालमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय २ दर्जन बढी दौडमा सफलता हात पारिसकेका अर्जुन कुलुङ राईको हङकङको दौड यो पहिलो भने पहिलो होइन। गतवर्षको अल्ट्रा ट्रेल दौडमा उनलेे तेस्रो पुरस्कार प्राप्त गरेका थिए।

 त्यस्तै, हङकङ १०० किलोमिटर अन्तर्राष्ट्रिय दौड च्यालेन्जमा १४अौँ स्थान हासिल गरका थिए।

तीन दिनसम्म हुने द नर्थफेस दौडलाई तीन भागमा विभाजन गरिएको छ। पहिलो चरणमा आज १०० किलोमिटर इन्डिजभिजियल र रिले प्रतियोगिता तथा १४ र १५ डिसेम्बरमा क्रमशः ५५ र १४ किलोमिटर दौड हुनेछ। दौडमा ५ सय जनाले सहभागिता जनाउनेछन्।

ताइमेई तुकबाट सुरु भएको दौड पातसिन लेङ, फ्यानलिङ, होकताउ, क्लाउडी हिल, वु झिदेङ, लुककेङ, होकताउ हेसुओ, ताइपो ताउ, युनतुन हा, झेलुक सान, ताइमो शान, शिली युन, ङोतुङचाई वुतुङ भिलेज गरी २२ भन्दा बढी पहाड छिचोल्दै १०औं चेकपोइन्ट पार गरेर अन्तिम बिन्दु ताइपो ताइमेइतुङस्थित विशिङ ट्रि विशिङ प्लाजामा पुगेर अन्त्य हुनेछ।

दौडमा पुरुष र महिला दुई विधाका विजेतालाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ।

१०० किलोमिटर दौड पूरा गर्ने महिला र पुरुष शीर्ष ३ ले हङकङ डलर १५ हजार, फस्ट रनरअपले १० हजार र सेकेन्ड रनरअपले हङकङ डलर ५ हजार पुरस्कार पाउनेछन्।

यसका साथै, अन्य विजेतालाई पनि विभिन्न पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .