हङकङमा जाडो बढ्दो क्रममा छ। गत आइतबार सहरको तापक्रम १५ डिग्री सेल्सियसमा झरेको थियो भने आगामी आइतबार १३ डिग्रीमा पुग्ने अनुमान गरिएको थियो। तर, त्यो अनुमानलाई पनि जित्ने गरी सहरको तापक्रम ओरालो गतिमा पुग्ने भएको हो।
बुधबार अब्जर्भेटरीले अनुमान गरेअनुसार यस साताको अन्त्यमा सहरको तापक्रम १२ डिग्री सेल्सियस वा सो भन्दा कममा झर्नेछ जुन यो जाडोको अहिलेसम्मकै न्युन तापक्रम हुनेछ।
‘बिहान र रातमा बढी चिसो हुनेछ। भित्री क्षेत्रहरूमा पनि चिसो बढ्नेछ,’ पूर्वानुमानकर्ताले भनेका छन्, ‘न्यु टेरिटोरिजमा थप दुईदेखि तीन डिग्रीसम्म तापक्रम घट्नेछ जुन १२ डिग्री वा सोभन्दा कम हुन सक्छ।’
69
Shares

प्रतिक्रिया