हङकङको शिङमन सुरुङ दुर्घटनामा चालकको मृत्यु

हङकङको शिङमन सुरुङ दुर्घटनामा चालकको मृत्यु

चालक बेहोस भई नियन्त्रण गुमाएको भ्यान पर्खालमा ठोकिन पुगेको थियो (द स्टयान्डर्ड)


नेपालखबर
मंसिर २४, २०८१ सोमबार १२:१, हङकङ

हङकङको शिङमन सुरुङमा आइतबार साँझ सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

हिजो साँझ ७ बजे चुनवानतर्फ जाँदै गरेको भ्यान सुरङको प्रवेशद्वारमा पुग्दा चालक बेहोस भई भ्यान पर्खालमा ठोकिएको थियो।

दुर्घटनामा ४८ वर्षीय चालकको मृत्यु भयो भने अन्य पाँच यात्रु सकुशल छन्। भ्यानमा चालकका अलावा एक पुरुष र चार महिला थिए।

आपत्‌कालीन सेवाका कर्मचारीले क्वक उपनामका चालकलाई यानचाई अस्पतालमा लगेका थिए, जहाँ उनलाई मृत घोषित गरियो।

दुर्घटनाबाट भ्यानमा पनि क्षति पुगेको छ। ताइपोबाट स्काउटहरू ढुवानी गरिरहेको भ्यान सिङमन सुरुङ नजिक पुग्दा चालक अस्वस्थ भई चेतना गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि घटनाबारे न्यु टेरिटोरिज दक्षिण ट्राफिक प्रहरीले दुर्घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले प्रत्यक्षदर्शी वा घटनाबारे जानकारी भएका जोकोहीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। जसका लागि ३६६११३४६ मा फोन गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .