हङकङको पर्यावरण तथा पारिस्थितिकीय प्रणालीसम्बन्धी ब्युरोले ३७ प्राथमिक कृषि क्षेत्रको योजना बनाएको छ।
ब्युरोले ८ वर्षअघि प्रस्ताव गरिएको यो अवधारणालाई कार्यान्वयन गर्दै ९८० हेक्टर क्षेत्र पहिचान गरिएको बुधबार जानकारी दिएको हो।
यसमध्ये ७६० हेक्टर क्षेत्र कृषि प्रयोजनका लागि छुट्याइएको छ भने बाँकी क्षेत्रहरूमा पहुँच सडक र कृषि सुविधाहरू छन्।
हङकङ प्रशासनले मुख्य रूपमा हङकङको उत्तरी क्षेत्रहरूमा पर्ने ती ३७ प्राथमिक स्थलहरूलाई कृषि प्रयोजनका लागि छुट्याउने बताएको छ।
प्रस्तावित प्राथमिक क्षेत्रहरू मुख्यतः नर्थ डिस्ट्रिक्ट, युएन लङ र ताइ पोमा पर्छन्।
“सामान्यतः सरकारले छुट्याएको कृषि प्राथमिक क्षेत्रभित्र पर्ने सरकारी भूमिमा गैर-कृषि विकास प्रस्ताव गर्नेछैन”, ब्युरोका प्रवक्ताले भने।
प्राथमिक क्षेत्रबाहिरको कृषि भूमिको गैर-कृषि प्रयोगका लागि हुने योजना आवेदनलाई भने सरकारले सामान्यतः अस्वीकार नगर्ने ब्युरोको भनाइ छ।
तर आलोचकहरूले भने यसमा केही राम्रा क्षेत्रहरू छुटेको गुनासो गरेका छन्। नयाँ विकास क्षेत्रअन्तर्गत पर्ने उत्कृष्ट कृषि भूमिहरू नष्ट गरिएको उनीहरुको गुनासो छ।
Shares

प्रतिक्रिया