हङकङ अब्जरभेटरीले आइतबार यस हिउँदमा अहिलेसम्मकै सबैभन्दा कम तापक्रम रेकर्ड गरेको छ। हङकङमा आज विभिन्न जिल्लाको न्युनतम तापक्रम १५ देखि १६ डिग्री सेल्सियसको हाराहारीमा रेकर्ड भएको हो। त्यस्तै, चेङक्वान ओ र ताइमो शानको तापक्रम क्रमश: १३.९ र ६.२ डिग्री सेल्सियसमा झरेको छ।
अब केही दिनमा भने तापक्रम बढ्नेछ। शुक्रबारसम्ममा मौसम बदली हुनेछ भने मनसुनले यस क्षेत्रमा असर गर्ने अनुमान गरिएको छ।
यद्यपि, अर्को हप्ताको अन्त्यमा भने तापक्रम उल्लेखनीय रूपमा घट्नेछ। अर्को आइतबार (१५ डिसेम्बर) को न्युनतम तापक्रम १३ डिग्रीमा झर्ने अनुमान अब्जर्भेटरीले गरेको हो।
51
Shares

प्रतिक्रिया