हङकङको अबर्डिनमा रहेको जहाज निर्माणस्थलमा आगलागी, ९ जनाको उद्धार

हङकङको अबर्डिनमा रहेको जहाज निर्माणस्थलमा आगलागी, ९ जनाको उद्धार

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १७:४९, हङकङ

शुम वान रोडस्थित जहाज निर्माणस्थलमा दिउँसो ४:११ बजे आगलागी भएको छ। घटना भएको आधा घण्टाभित्रै आगो तेस्रो श्रेणीमा पुगेको थियो।

एक सरकारी प्रवक्ताले शुक्रबार हङकङको अबर्डिनमा रहेको एक जहाज निर्माणस्थलमा आगलागी भएको र धूवाँ आसपासको क्षेत्रसम्म फैलिएको बताएका छन्।

प्रवक्ताका अनुसार आगो ४:११ बजे शुम वान रोडस्थित जहाज निर्माणस्थलमा सुरु भएको थियो र आधा घण्टाभित्रै तेस्रो श्रेणीको चेतावनी दिनुपर्ने अवस्थामा पुगेको थियो। आगलागीबाट ९ जनालाई उद्धार गरिएको र कुनै पनि जनधनको क्षति नभएको बताइएको छ।

“हावाको माध्यमबाट आउने धूवाँ र असामान्य गन्धले प्रभावित भएका सर्वसाधारणलाई आफ्नो ढोका र झ्याल बन्द गर्न तथा शान्त रहन सल्लाह दिइएको छ”, प्रवक्ताले भने।

हङकङमा आगलागीको गम्भीरतालाई एकदेखि पाँच श्रेणीमा वर्गीकरण गरिन्छ।

अग्निनियन्त्रक विभागले आगो नियन्त्रण गर्न तीनवटा अग्निनली टोली र दुईवटा श्वासप्रश्वास उपकरण टोली परिचालन गरेको थियो।

प्रहरीका अनुसार ४:३० बजेसम्म घटनास्थलबाट पाँच जना पुरुष र चार जना महिलालाई उद्धार गरिएको थियो। 

घटनामा कुनै पनि जनधनको क्षति नभएको सरकारले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .