हङकङमा सुरु भयो नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन

हङकङमा सुरु भयो नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १२:३०, हङकङ

हङकङमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) द्वारा आयोजित सम्मेलन मार्कोपोलो होटलमा सुरु भएको छ।

दुई दिनसम्म चल्ने यो सम्मेलनमा विश्वभरबाट १५० जनाभन्दा बढी युवाको सहभागिता रहेको छ। उनीहरू अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, चीन, मकाउ, मध्यपूर्वलगायतबाट आएका हुन्।

सम्मेलनमा नेपालबाट उद्योग विभागका महानिर्देशक लगायतका व्यक्तित्वको सहभागिता रहेको फिने हङकङ च्याप्टरका अध्यक्ष तथा विश्व सम्मेलनका संयोजक इन्दर पुनले जानकारी दिए।

कार्यक्रममा आफूले व्यवसाय गर्दाका अनुभव लगायतका विषयमा युवाहरूले आ-आफ्नो धारणा दिइरहेका छन्। आयोजकका अनुसार सम्मेलनका उद्देश्यहरूमध्ये एक उद्देश्य नेपाली युवा उद्यमीको अवस्थाको विषयमा खोजबिन गर्नु हो। विश्वका कुन देशमा कस्तो लगानीको सम्भावना छ भन्ने विषयमा पनि सम्मेलनमा खोजी हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .