आजदेखि हङकङमा नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन, डेढ सय बढी सहभागी हुने

कुन कुन देशबाट आउँदै छन् सहभागी?
आजदेखि हङकङमा नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन, डेढ सय बढी सहभागी हुने

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार ७:१७, हङकङ

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को सम्मेलन आजदेखि हङकङमा सुरु हुँदैछ। सम्मेलन दुई दिनसम्म चल्ने छ।

विश्वभर रहेका नेपाली युवा उद्यमीलाई लक्षित गर्दै शुक्रबारबाट हङकङमा ‘इन्टरनेशनल युथ आन्ट्रप्रेनर्स समिट’ हुन लागेको हो। सम्मेलनको नारा ‘नेपाली उद्यमीको सशक्तीकरण: नवप्रवर्तन, सहकार्य र सफलता’ भन्ने तय गरिएको छ। 

मार्कोपोलो हङकङ होटलमा हुने कार्यक्रममा विश्वभरबाट १५० देखि १७० जना युवाको सहभागिता रहने आयोजकले जनाएको छ। जसमा १०० देखि १२० हङकङका उद्यमी र करिब ४० जना अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, चीन, मकाउ, मध्यपूर्वलगायतबाट सहभागी हुँदै छन्।

फिने हङकङ च्याप्टरका अध्यक्ष तथा विश्व सम्मेलनका संयोजक इन्दर पुनले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। 

‘सम्मेलनमा सहभागी हुन नेपालबाट उद्योग विभागको महानिर्देशकसहितका अधिकारी आउनु भएको छ,’ संयोजक पुनले भने, ‘अतिथिको रुपमा काउसिलेट जनरल, काउन्सलहरुको उपस्थिती हुनेछ।’

सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली युवा उद्यमीको अवस्थाको विषयमा प्रस्तुतीकरण हुनेछ। उद्यमी बन्न खोजिरहेका युवा र अहिले नै व्यवसाय गरिरहेकाहरुलाई अन्तर्राष्ट्रिय रुपमा सफल बनाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुनेछ। विश्वका कुन देशमा कस्तो लगानीको सम्भावना छ, त्यसको खोजी पनि सम्मेलनमा हुनेछ।
 
पुनले युवाहरुलाई कसरी आफ्नो लगानी विस्तार गर्ने, भेन्चर क्यापिटलसँग सहकार्य गर्न कस्तो व्यावसायिक योजना बनाउने, रणनीति के हुनुपर्छ भन्नेबारे व्यवसायीहरुबीच छलफल हुने बताए। 

‘नेपालबाट डोल्मा फण्डका प्रबन्ध निर्देशक विद्यावारिधी सिग्देल, ग्लोबल इक्युटी फण्डका मनिस थापा, फिनटेकका सञ्जिब सुब्बा लगायत वक्ता हुनुहुन्छ,’ पुनले भने। 

कार्यक्रममा आफ्नो उद्यम सफल बनाउन एआईलगायत सूचना प्रविधिको प्रयोगबारे पनि छलफल हुनेछ। अध्यक्ष पुनले सम्मेलनमा १० देखि १४ वटा छलफल सत्र सञ्चालन हुने जानकारी दिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .