हङकङमा आगलागीका कारण बिग्रिएको चेङपेई सडक रातभरिमा दुरुस्त (तस्बिरहरू)

हङकङमा आगलागीका कारण बिग्रिएको चेङपेई सडक रातभरिमा दुरुस्त (तस्बिरहरू)

आगलागीपछि बिग्रिएको सडक एक रातमै दुरुस्त बनेको छ (सबै तस्बिर : द स्ट्यान्डर्ड)


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १२:४५, हङकङ

बुधबार बिहान ठूलो आगलागीपछि बिग्रिएको हङकङको चेङपेई शान सडक रातभरिमा दुरुस्त भएको छ। रातभरिको मर्मत सम्भारपछि बिहीबार बिहानबाट सडक खोलिएको राजमार्ग विभागले जानकारी दियो।

बुधबार बिहान ११ बजेतिर यस सडकको ध्वनि अवरोधक खण्डमा लागेको आगलागी र त्यसपछिको विस्फोटले सडक अवरुद्ध भएको थियो।

आगोलाई अग्नि नियन्त्रक विभागको टोलीले झन्डै आधा घण्टामा नियन्त्रणमा लिएको थियो भने आपत्‌कालीन मर्मत सम्भारका लागि सडक बन्द गरिएको थियो। जसका कारण चेङपेई शान रोडतर्फ जाने चुनकाम इन्टरचेन्जका सबै लेन र शिङमुन सुरुङतर्फ जाने सडकका केही लेन बन्द गरिएका थिए।

आज बिहान ४ बजे आकस्मिक मर्मतसम्भार सम्पन्न भएपछि १६ घण्टा बन्द रहेका शिङमुन सुरुङतर्फ जाने लेनहरू सुचारु गरिएको हो। यी लेन रातभरमै दुरुस्त बनेका छन्। सडकलाई रातारात पिच गरिएको थियो भने सडक रेखाहरू पुन: रंगाइएको थियो।

आगलागी के कारणले भएको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सुरुमा, घटना शंकास्पद रहेको आशंका गरिएको थियो। तर कुनै आपराधिक संलग्नता पुष्टि हुन नसकेपछि केही वस्तुका कारण आगो लागेको हुनसक्ने निचोडमा अधिकारीहरू पुगेका छन्। यस मुद्दालाई थप अनुसन्धानका लागि चुनवान प्रहरीलाई जिम्मा लगाइएको छ। (द स्ट्यान्डर्ड)

आगलागीपछि सडकको अवस्था (माथि) र रातभरको मर्मतपछि (तल)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .