हङकङको शिङमुन सुरुङ नजिक आगलागी, ६ घण्टा यातायात ठप्प (भिडिओ)

हङकङको शिङमुन सुरुङ नजिक आगलागी, ६ घण्टा यातायात ठप्प (भिडिओ)

अग्नि नियन्त्रकको टोलीले आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो (एससीएमपी)


नेपालखबर
मंसिर १२, २०८१ बुधबार १९:११, हङकङ

हङकङको शेकवाइ कक स्टेटस्थित चेङपेई शान रोडमा बुधबार बिहान भीषण आगलागी भएको छ।

उक्त सडक खण्डको १५० मिटर लामो ध्वनि अवरोधक लगाइएको खण्डमा आगो सल्किएको हो। यो संरचनाको २० मिटर क्षेत्रलाई आगोले क्षति पुर्‍याएको छ।

बिहान करिब ११ बजे सुरु भएको आगो निभाउन अग्निनियन्त्रकको टोलीलाई आधा घण्टा लागेको थियो। आगो नियन्त्रणका लागि दमकल विभागले दुई वटा वाटर जेट र श्वासप्रश्वास उपकरणसहित दुई टोली परिचालन गरेको थियो।

६ मिटर अग्लो संरचनाको झाडीमा आगो सल्किएको थियो। आगोले जलेका भग्नावशेष सडकमा खसेका थिए। आगलागी भएको यो स्थान शिङमुन सुरुङसँग जोडिएको छ।

सामाजिक सञ्जालमा साझा गरिएका भिडिओमा एकातिर आगलागी भइरहेको थियो भने सडकको विपरीत छेउबाट केही गाडी लेनहरू अवरुद्ध हुनुअघि जोखिम मोलेर अगाडि बढेको देखिन्छ।

आगलागीका कारण सडकका केही लेन ६ घण्टासम्म बन्द रहेका थिए। चुनकाम इन्टरचेन्ज जाने लेनहरू भने आपतकालीन मर्मत कार्यका लागि साँझ ६:२३ बजेसम्म बन्द रहेको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .