हङकङकै ठूलो वृद्धाश्रम चुनमुनमा खुल्ने

हङकङकै ठूलो वृद्धाश्रम चुनमुनमा खुल्ने

निर्माणको तयारी गरिएको हङकङकै ठूलो वृद्धाश्रममा १४ सय बेड हुनेछन्


नेपालखबर
मंसिर १२, २०८१ बुधबार १३:५७, हङकङ

हङकङमा सहरकै ठूलो वृद्धाश्रम चुनमुनमा खुल्ने भएको छ। आगामी वर्ष काम सुरु भई २०२६ मा सम्पन्न हुने गरी निर्माण गर्न लागिएको उक्त वृद्धाश्रम २०२७ मार्चबाट सञ्चालनमा ल्याउने गरी तयारी गरिएको हो।

पोक ओइ अस्पताल बोर्डका अध्यक्ष ड्यानी चाउका अनुसार वृद्धाश्रममा १४ सय बेड उपलब्ध हुनेछन्। जसमध्ये ६५ प्रतिशत बेड सरकारी अनुदान प्राप्त हुनेछन् भने २९ प्रतिशत नर्सिङ होमका लागि राखिनेछ।

यो वृद्धाश्रम सञ्चालनका लागि कम्तीमा तीन सय नर्सिङ स्टाफ चाहिने पनि अध्यक्ष चाउले बताए। यी पद पूर्तिका लागि केही दरबन्दीमा विदेशी कामदार समेत ल्याउने योजना रहेको उनले सुनाए।

वृद्धाश्रममा उन्नत प्रविधियुक्त नयाँ सुविधाको प्रयोग हुने समेत उनले खुलासा गरेका छन्। जसमा स्मार्ट व्यवस्थापन प्रणाली र अन-स्टप एकीकृत चिकित्सा सेवा (अन-स्टप इन्टेग्रेटेड मेडिकल सर्भिस) समावेश हुनेछन्। यसले वृद्धावृद्धालाई अस्पताल धाउनुपर्ने झन्झट र संक्रमणको जोखिम न्युनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

अन-स्टप एकीकृत चिकित्सा सेवाले परम्परागत चिनियाँ र पश्चिमी औषधिका साथै दन्त सेवा र विभिन्न प्रकारका उपचार सेवा प्रदान गर्नेछ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .