हङकङ तामाङ घेदुङको लामा समूहले गर्‍यो अधिवेशन अध्यक्षमा कृष्ण थिङ

हङकङ तामाङ घेदुङको लामा समूहले गर्‍यो अधिवेशन अध्यक्षमा कृष्ण थिङ

कृष्ण थिङ (तस्बिर सौजन्य : हङकङ तामाङ घेदुङ)


सन्तोष तामाङ
मंसिर ३, २०८१ सोमबार १६:५१, हङकङ

हङकङ तामाङ घेदुङको लामा समूहले अधिवेशन गरेको छ।

आइतबार जोर्डनस्थित याक एन्ड यति रेस्टुरेन्ट एन्ड बारमा भएको भेलाबाट कृष्णबहादुर लामा (कृष्ण थिङ) अध्यक्षमा चुनिएका छन्। घेदुङको १४औँ अधिवेशन भनिएको उक्त भेलाले लामाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति पनि घोषणा गरेको छ। जसको उपाध्यक्षद्वयमा निलकुमार वाइबा र कमली वाइबा चुनिएका छन् भने महासचिवमा पछि नियुक्त गर्ने गरी रिक्त राखिएको छ।

सचिवको जिम्मेवारी विजय तामाङले पाएका छन्। कोषाध्यक्षमा विजय तामाङ (थिङ) र सह-कोषाध्यक्षमा मिना वाइबा चुनिएकी छन्।

सदस्यमा निर्वाचितहरूमा मिलन तामाङ, योगेश लामा, दिव्या लामा, सुरेन्द्र तामाङ, निलबहादुर तामाङ, सरोज तामाङ, भरत घिसिङ, योगेश लामा र ज्योति मोक्तान तामाङ छन्। रिक्त महासचिव पदमा भने कार्यसमितिले मनोनीत गर्नेछ।

अधिवेशनमा निर्वाचन मण्डलको भूमिका शेरबहादुर लामाको सभापतित्वमा सदस्यद्वय दीलिप तामाङ र रामबहादुर लामाले निर्वाह गरेका थिए। यसअघि घेदुङको नेतृत्व सुस्मा वाइबाको काँधमा थियो।

नवनियुक्त अध्यक्ष थिङले तामाङ जातिको भाषा, धर्म, संस्कृति, कला प्रवर्द्धनका लागि वैचारिक ढंगले अघि बढ्ने बताए। सन् १९९८ मा स्थापना भएको घेदुङले यस कार्यमा पहिलेदेखि नै विभिन्न संघसंस्थासँग समन्वय गर्दै आएको र यस कार्यलाई आफूले पनि निरन्तरता दिने बताए।

अधिवेशनपश्चात् सम्बोधनको क्रममा अध्यक्ष थिङले निस्वार्थ भावले पारदर्शिताका साथ काम गरिने बताए। समुदायमा एकता र सद्भावलाई अझ फराकिलो बनाउनेतर्फ आफ्नो कार्यसमिति लागिपर्ने उनको कथन थियो।

कार्यक्रममा हङकङमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .