यी थाई महिला, जो सुत्केरी हुँदा यौनांगमा छुटेको सियो १८ वर्षपछि पत्ता लाग्यो

भूलबस सियो खस्यो, रक्तस्रावको डरले भित्रै छोडेर घाउ सिलाइयो
यी थाई महिला, जो सुत्केरी हुँदा यौनांगमा छुटेको सियो १८ वर्षपछि पत्ता लाग्यो

प्रतीकात्मक तस्बिर (एआई)


याटिङ याङ
मंसिर ८, २०८१ शनिबार १७:८, बेइजिङ

डाक्टरको गल्तीका कारण सुत्केरी हुँदा यौनाङ्गमै छुटेको सियो १८ वर्षदेखि शरीरमै रहँदा एउटी थाई महिलाले असह्य पीडा भोगिरहेकी छन्।

लामो समयदेखि पीडा भोग्दै आएकी उनी तब छाँगाबाट खसेजस्ती भइन् जब १८ वर्षपछि उनको पीडाको रहस्य खुल्यो। खुलेन मात्र, सियो शरीरको भित्री भागसम्म पुगिसकेकोले हटाउन कठिनाइ रहेको डाक्टरले बताए। यतिसम्म कि उक्त सियो निकाल्ने डाक्टरको तीन पटकसम्मका प्रयास स्थगित भइसकेका छन्।

यो तथ्य थाइल्यान्डमा रहेको महिला तथा बालबालिकाका पक्षमा काम गर्ने संस्था पावेना फाउन्डेसनको आधिकारिक वेबसाइटबाट नोभेम्बर ५ मा खुलासा गरिएको हो।

पावेना फाउन्डेसन बलात्कार, उत्पीडन तथा मानव बेचबिखन लगायतको दुर्व्यवहारका पीडितका पक्षमा समर्पित गैरनाफामुखी संस्था हो।

फाउन्डेसनले थाइल्यान्डको दक्षिणी प्रान्त नाराथिवाटमा बस्ने ३६ वर्षीया महिलाको नाम नखुलेको पत्र प्राप्त गरेको जानकारी दिएको छ। पत्रमार्फत उनले १८ वर्षअघि अस्पतालमा सुत्केरी हुँदा भएको मेडिकल त्रुटिको लागि मद्दत मागेकी थिइन्।

सुत्केरीको समयमा मेडिकल टिमको गल्तीले उनको यौनाङ्गमा सुई खस्यो, निकाल्ने प्रयासमा अत्यधिक रक्तस्रावको डरले डाक्टरहरूले घाउ सिलाइदिए, सियो भित्रै रह्यो।

त्यसबेलादेखि महिलाले निरन्तर र असहनीय रूपमा तल्लो पेट दुखाइको अनुभव गरिरहेकी छिन्।

गत वर्ष सरकारी अस्पतालमा एक्स-रे जाँच गर्दा योनीमा सियो रहेको खुलासा हुँदासम्म उनी यस घटनाबारे अनभिज्ञ थिइन्।

त्यसपछि उनलाई शल्यक्रियाका लागि सङ्खला प्रान्तको अस्पतालमा रिफर गरियो। तर, निकाल्ने प्रयासमा सियो शरीरभित्र सर्दै गएपछि तीन पटकसम्मको प्रक्रिया स्थगित भएको थियो।

उनको शरीरमा अद्यापि सियो छँदैछ। अवस्था अनुगमनका लागि उनी महिनामा चार पटक अस्पताल जानु पर्छ।

उनको धेरैजसो चिकित्सा खर्च बीमाद्वारा बेहोरिएको भएता पनि यातायात जस्ता अतिरिक्त लागतबाट उनले आर्थिक तनावको सामना गरिरहेकी छन्।  जुन बोझ आर्थिक रूपमा संघर्षरत उनको परिवारलाई वहन गर्न कठिनाइ भइरहेको छ।

यसकारण उनले फाउन्डेसनबाट सहयोग खोजेकी थिइन्। उनको अनुरोधपछि फाउन्डेसनले गाउँका प्रमुखका साथै स्थानीय सार्वजनिक अस्पतालसँग समन्वय गरी उनको उपचारमा भूमिका खेलेको थियो।

साथै, फाउन्डेसनले अस्पताल आवतजावतका लागि यातायातको व्यवस्था गर्न स्थानीय सामाजिक सुरक्षा कार्यालयलाई पनि सम्पर्क गर्‍यो।

महिलाको शरीरबाट सियो कहिले निकाल्न सकिन्छ र उनको उपचार  अवधि कहिलेसम्म हुन्छ भन्ने अझै अनिश्चित नै रहेको छ। यस घटनामा अस्पतालको प्रतिक्रिया र क्षतिपूर्तिको सम्भावित कानुनी प्रक्रिया पनि अझै अस्पष्ट नै छन्।

घटना बाहिर आएपछि अस्पतालको लापरवाहीप्रति सामाजिक सञ्जालमा विरोध भइरहेको छ। अनलाइन प्रतिक्रियामा धेरै प्रयोगकर्ताले डाक्टरको जवाफदेहिताको कमीप्रति निन्दा गरेका छन्।

एक प्रयोगकर्ताले भनेका छन्, ‘उनले डाक्टरलाई मुद्दा हाल्नु पर्छ! उनीहरूले १८ वर्षको पीडाको क्षतिपूर्ति दिनुपर्छ।’

त्यस्तै, अर्कोको टिप्पणी छ, ‘यो लापरवाहीको डाक्टरले परिणाम भोग्नुपर्छ। गैरजिम्मेवार डाक्टरहरू सजायको हकदार छन्!’

तेस्रोले चिन्ता व्यक्त गरे, ‘म उनको पतिप्रति चिन्तित छु।’ (साउथ चाइना मर्निङ पोस्टबाट अनूदित)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .