लगालग २ आँधीको बिदाइपछि अब हङकङमा तेस्रो आँधी, भोलि बिहान टी१ संकेत जारी हुने

लगालग २ आँधीको बिदाइपछि अब हङकङमा तेस्रो आँधी, भोलि बिहान टी१ संकेत जारी हुने

लगातार दुई वटा आँधीको सामना गरेको हङकङमा तेस्रो आँधी पनि सोझिएको छ (एससीएमपी)


नेपालखबर
मंसिर २, २०८१ आइतबार १६:१०, हङकङ

लगालग आएका दुई टाइफुनलाई बिदा गरेको हङकङतर्फ तेस्रो टाइफुन सोझिएको छ। यो आँधी आज मध्यरातमा हङकङबाट ८ सय किलोमिटरको दूरीमा प्रवेश गर्ने अब्जर्भेटरीले बताएको छ। यो सँगै भोलि बिहान ६ बजेदेखि ९ बजेको बीचमा टाइफुन नम्बर १ संकेत जारी गर्ने तयारी अब्जर्भेटरीको छ।

‘उष्णकटिबन्धीय चक्रवात मान-यी मध्यरातमा हङकङको ८ सय किमीभित्र प्रवेश गर्नेछ,’ दिउँसो ३:२० को बुलेटिनमा अब्जर्भेटरीले भनेको छ, ‘बिहान ६ देखि ९ बजेको बीचमा स्ट्यान्डबाइ संकेत नम्बर १ जारी गरिनेछ।’

यसका साथै, सोमबार रातिदेखि मंगलबार बिहानसम्ममा उच्च चेतावनी संकेत (टी३) जारी हुने सक्ने जनाउ अब्जर्भेटरीको रहेको छ। यसका लागि मान-यी र पर्ल नदीको मुहानबीचको दूरी, आँधीको तीव्रता र स्थानीय हावाको अवस्थामा परिवर्तन निर्भर रहनेछ।

यसअघि नै पूर्वानुमानकर्ताले भनेका थिए- टाइफुन मान-यी सोमबार सुपर टाइफुनमा परिणत हुनेछ र अर्को दिन ठूलो आँधीमा परिणत हुनुअघि हङकङबाट ४ सय किलोमिटरको दूरीमा रहनेछ। यसपछि बुधबार भने यो कमजोर बन्दै गएर हङकङबाट टाढिने पूर्वानुमानकर्ताको आँकलन रहेको छ।

तापक्रम क्रमश: ओरालो लाग्दै गएर न्यूनतम १८ पुग्ने अनुमान गरिएको छ। आँधीका कारण सोमबार र मंगलबार ज्वारभाटा आउने तथा मंगलबार र बुधबार पानी पर्ने अब्जर्भेटरीले जनाएको छ।

हङकङमा भर्खरै मात्र दुई वटा आँधीका कारण टी१ देखि टी८ चेतावनी संकेत जारी गरिएका थिए। पछिल्लो आँधी तोराजीको प्रभावका कारण टी८ चेतावनी संकेतसम्म जारी भएको थियो।

यो एक/डेढ हप्ताको बीचमा हङकङले ३ वटा आँधीको सामना गर्ने भएको छ। पहिलो आँधी यिनक्सिङको प्रभाव घट्दा-नघट्दै तोराजी आएको थियो। अब तोराजीको प्रभाव सकिएको केही दिनमै मान-यीको प्रभाव देखिने भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .