शुक्रबार दिउँसो हङकङको चुनमुनमा कारले नियन्त्रण गुमाउँदा ४ जना घाइते भएका छन्।
दिउँसो करिब साढे ३ बजे चुनमुनको ग्लोरियस गार्डेन छेउमा गुडिरहेको कारले नियन्त्रण गुमाई पसलमा गएर ठोकिएको थियो।
सडक छोडेर फुटपाथ उक्लेको गाडी चस्मा पसलमा गएर ठोकिएको हो। कारको प्रहारबाट पसलको सिसा फुटेको छ।
दुर्घटनाबाट गाडीका चालक र यात्रु, एक पैदलयात्री र एक वृद्ध महिला घाइते भएका छन्। उनीहरूलाई चुनमुन अस्पताल लगिएको थियो। वृद्धाको कम्मर र टाउकोमा चोट लागेको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
48
Shares

प्रतिक्रिया