हङकङ : सडकमा रुख ढल्दा ३ वटा गाडी किचिए

हङकङ : सडकमा रुख ढल्दा ३ वटा गाडी किचिए

गुडिरहेका ट्याक्सी, कार र स्कूल बसमाथि रुख बजारिएको थियो (ह्यान्डआउट)


नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १२:४८, हङकङ

हङकङको काउलुनस्थित प्रिन्स एडवर्ड रोडमा रुख ढल्दा ३ वटा गाडी किचिएका छन्। बिहान ७:४८ बजे नाइट स्ट्रिटको चोकनजिकै मङकक बाउन्ड लेनमा १० मिटर रुख ढलेको थियो।

रुख ढलेपछि तीन घण्टाभन्दा बढी समयसम्म यातायात अवरुद्ध भएको थियो।

प्रहरी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार गुडिरहेका तीनवटा सवारीसाधन- ट्याक्सी, कार र स्कूल बसमाथि रुख बजारिएको थियो।

कारको अगाडिको भागमा क्षति पुगेको छ (ह्यान्डआउट)

रुख बजारिएका सवारीसाधनमा सामान्य क्षति पुगेको छ भने मानिसलाई चोटपटक लागेको छैन।

ढलेको रुख अग्निनियन्त्रकको टोलीले पन्छाएको थियो। अवरुद्ध सडक बिहान ११:२० मा सुचारु भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .