हङकङमा एचके एक्सप्रेसले ल्यायो २ डलरमै यात्रा गर्न सकिने अफर

हङकङमा एचके एक्सप्रेसले ल्यायो २ डलरमै यात्रा गर्न सकिने अफर

एचके एक्सप्रेसले सस्तो मूल्यमा एसियाका २० गन्तव्य जान सकिने अफर ल्याएको हो (एससीएमपी)


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १७:४४, हङकङ

हङकङमा क्याथे प्यासिफिक एयरवेजको एचके एक्सप्रेसले सस्तो टिकटमा यात्रा गर्न सकिने अफर पुनः ल्याएको छ। हङकङ तथा मकाउका जेष्ठ नागरिकका लागि एसियाका २० गन्तव्य सस्तो टिकटमा पुग्न सक्ने अफर एक्सप्रेसले ल्याएको हो।

६५ वर्ष वा सोभन्दा माथिका नागरिकले फाइदा लिन सक्ने यो अफरमा मुख्यभूमि चीन, मलेसिया, ताइवान र भियतनामका १३ गन्तव्यमा एकतर्फी हङकङ डलर २ मै यात्रा गर्न पाइनेछ। यी गन्तव्य बेइजिङ (द ड्याक्सिङ एयरपोर्ट), सान्या, निङ्बो, पेनाङ, ताइपेई, ताइचुङ, काओसिङ, हुआलियन, दा नाङ, हनोई, फु क्वोक, मनिला र क्लार्क हुन्।

त्यस्तै, सियोल, शिजुओका, हिरोशिमा, सेन्डाई, ताकामात्सु, नागोया र ओकिनावाको लागि एकतर्फी हवाई भाडा ६५ हङकङ डलर प्रस्ताव गरिएको छ।

यो अफरअन्तर्गत यात्रुले सानो व्यक्तिगत सामान र क्याबिन ब्यागेजको मात्र सुविधा पाउनेछन्। साविकको लगेज लैजान चाहनेले भने नियमित मूल्य तिर्नुपर्नेछ। ६५ वर्षभन्दा मुनिका यात्रुले भने साविक भाडामै यात्रा गर्नु पर्नेछ।

हङकङ विश्वमै सबैभन्दा लामो आयुको अपेक्षा गरिएको सहर हो। यसको जनसंख्या अहिले बुढेसकालमा छ। जनगणना तथा तथ्याङ्क विभागको अनुमानअनुसार सहरमा ६५ वर्ष वा सोभन्दा माथिका मानिसको सङ्ख्या सन् २०२१ मा १४ लाख ५० हजार रहेकोमा सन् २०४६ मा २७ लाख ४० हजार पुग्नेछ। यदि यसो भएमा त्यतिखेर प्रत्येक तीन जनामा एक जना वृद्ध व्यक्ति हुनेछन्।

वृद्ध जनसंख्यासँग सम्बन्धित चुनौतीहरू सहरमा पहिले नै महसुस गरिँदैछ। जसले हङकङमा वृद्धवृद्धाको सेवामा सार्वजनिक खर्च पनि बढेको छ। ६० वर्षदेखि माथिका व्यक्तिका लागि २ हङकङ डलरमा यातायात अनुदान योजनाले सरकारको आ.व. २०२४/२५ मा ६ अर्ब हङकङ डलर खर्च हुने आँकलन गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढी हो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .