हङकङ अब्जर्भेटरीले आज दिउँसो २:४० बजे कडा हावा संकेत नम्बर ३ जारी गर्ने बताएको छ। उष्णकटिबन्धीय चक्रवात तोराजी सहर नजिक आइपुगेको भन्दै टी३ संकेत जारी गर्ने तयारी गरिएको हो।
बिहान १० बजे तोराजी हङकङको करिब ३ सय किलोमिटर दक्षिणपूर्वमा रहेको अनुमान गरिएको थियो। दिउँसो २ बजे २ सय ६० किलोमिटर दक्षिणपूर्वमा आइपुग्ने बताइएको छ।
तोराजीका कारण उच्च जमिन भएका क्षेत्रमा तेज हावा चल्नेछ। साथै, यो आँधी बिहीबार सहरबाट करिब २ सय किलोमिटर दक्षिणी क्षेत्रभित्र आइपुग्ने अनुमान गरिएको छ।
141
Shares

प्रतिक्रिया