हङकङमा जारी टी१ सङ्केत बुधबार दिउँसोसम्म कायम रहने, भोलि टी३ लागु हुन सक्ने

हङकङमा जारी टी१ सङ्केत बुधबार दिउँसोसम्म कायम रहने, भोलि टी३ लागु हुन सक्ने

अब्जर्भेटरीले कम्तीमा भोलि दिउँसोसम्म टी१ लागु रहने र त्यसपछि टी३ जारी हुनसक्ने जनाएको छ (फाइल तस्बिर)


नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १५:५०, हङकङ

हङकङ अब्जर्भेटरीले जारी गरेको स्ट्यान्डबाइ संकेत नम्बर १ कम्तीमा बुधबार दिउँसोसम्म लागु रहने जनाएको छ।

मौसम पर्यवेक्षकले विगत केही घण्टामा तीव्र उष्णकटिबन्धीय आँधी तोराजी लगातार उत्तरपश्चिमतर्फ सरेको जनाएका छन्। हालको मौसम पूर्वानुमान ट्र्याकअनुसार तोराजीसँग जोडिएको तेज हावा आज रातिदेखि भोलि बिहानसम्म पर्ल नदीको मुहानबाट केही दूरीमा रहनेछ।

बेलुका ५ बजे, तोराजी हङकङबाट करिब ५०० किलोमिटर दक्षिणपूर्वमा रहेको अनुमान गरिएको थियो र दक्षिण चीन सागरको उत्तरी भागमा १५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उत्तरपश्चिम सर्ने पूर्वानुमान गरिएको थियो।

उत्तरपूर्वी मनसुनसँगको संयुक्त प्रभावमा तोराजी दक्षिणी चीनको तटीय क्षेत्र नजिक आउँदा स्थानीय वायुको प्रभाव भोलिदेखि क्रमशः बलियो हुँदै जानेछ। र, वर्षाले तटीय क्षेत्रलाई असर गर्ने बताइएको छ।

अब्जर्भेटरीले भोलि दिउँसो कडा हावा संकेत नम्बर ३ जारी गर्नेबारे विचार गरिने बताएको छ।

‘तोराजी बिहीबार बिहान करिब २ सय किलोमिटर दक्षिणतर्फ जाने अनुमान गरिएको छ। त्यसबेला तोराजीको तीव्रता, पर्ल नदीबाट आँधीको दूरी र स्थानीय हावाको अवस्थाको परिवर्तनका आधारमा अब्जर्भेटरीले उच्च उष्णकटिबन्धीय चक्रवात चेतावनी संकेत जारी गर्ने आवश्यकताको मूल्याङ्कन गर्नेछ,’ अब्जर्भेटरीको आज बेलुका ५:४५ मा अद्यावधिक बुलेटिनमा भनिएको छ, ‘स्ट्यान्डबाइ संकेत नम्बर १ कम्तीमा भोलि दिउँसोसम्म लागू रहनेछ। भोलि दिउँसो नै कडा हावा संकेत नम्बर ३ जारी गर्नेबारे विचार गरिनेछ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .